खगेन्द्र घिमिरे ।
नेपाली खेल जगतमा धेरै माथिसम्मको यात्रा दिलाउन सफल खेलाडी दिपक कटुवाल (४४) २०२३ सालमा ईलाम याथु्रङमा जन्मिएका दिपक आफ्नो खेल जगतको यात्रा सुरु गर्न झापा झरे । पहिलोपटक २०२६ सालमा झापाको गरामनीमा र २०३६ सालमा ज्यामिरगढीमा आफ्नो कर्मथलो बनाएका कटुवाल पढ्दादेखि नै उनको रुचीको विषय थियो खेल । हुने विरुवाको चिल्लो पात भनेझैं सानैदेखि अध्ययन मात्र नभएर खेल क्षेत्रको विकास र यसप्रतिको योगदान सानैदेखि रहेको थियो प्रमुख रुपमा फुटवल खेलको पारखी कटुवाल यो क्षेत्रमा धुलावारी स्कुलदेखि मिनिस्टार हुँदै नेपाल प्रहरीसम्म पुग्ने सौभाग्य पुगेको थियो उनलाई । उनको सफलताको कारण २०४३ सालदेखि नेपाल प्रहरीमा जान सफल भएका थिए । पूर्वाञ्चलकै एउटा खेलाडी समूह तयार भएको थियो, कटुवाल र अरु साथिहरु वीच । उनि आफ्ना साथिहरु कुमार मर्हजन, गम्भिर राई, केसर राई राजु थापा, भिष्म मैनालीको साथले झन् सजिलो भएको उनि बताउँछन् । त्यति मात्र होइन एथ्लेटिक्स दौडमा उनले दिएको पूर्वको योगदान त्यत्तिकै महत्वपूर्ण छ १५०० मिटर दौडमा प्रथम, ५ हजार र १० हजार मिटरको दौडको दोस्रो खेलाडी भएका थिए दिपक । जब नेपाल प्रहरीमा पुगिसकेपछि २०४९ सालमा खेलकै लाथि उनिसहितको ८४ जना कमोडिया जाने भएपछि सो अवसरको सूचना घरमा दिएर फर्कर्ने क्रममा अचानक उनको विराटनगरको वरगाछीमा सवारी दूर्घटनामा परि सासको ढुकढुकिमात्र बाँकी थियो । उनको शरिर नचिनिने अवस्था र अङ्गहरुले कामै नगर्ने अवस्था भएको थियो । ३ वर्ष अस्पतालमा अक्सिजनको साहारामा बाँच्नुपरेपछि विस्तारै पुर्नजीवन मिल्यो कटुवाललाई । उनको प्रहरी जिवन पनि त्यहि सकियो । ज्यँुदो लास बनेको थियो र घरको बेडमा बस्नुपर्ने बाध्यता थियो । तर केहि समयपछि शरिरमा सुधार भएपछि विस्तारै उनले गाउँमा फेरी खेल आफ्नो क्षेत्रबाट सहयोग गर्न थाले आफ्नै लगानीमा ज्यामिरगढी माविमा नयाँ प्रतिभाको लागि क्रिकेट पिच बनाए । धेरै आर्थिक श्रोतको खोजी र धेरै खेलाडी जन्माए । आज तिनै व्यक्ति आफ्नै गाउँमा सबैको मायाले ज्यामिरगढी माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेका छन् । उनि भन्छन् देशमा खेलाडी बाँच्न मुस्किल छ । बजेट आएतापनि सदुपयोग भएको छै्रन । उचित मुल्याङ्कन छैन । सुविधा छैन । यदि, खेलाडीको लागि राम्रो व्यवस्था भए विश्वमा खेल जगतमा नेपाल धेरै अघि हुनेछ । अन्त्यमा आफ्ना गुरुहरु शिव, रामदर्शन गुरुङ, प्रेरणाको स्रोत गणेश कटुवाल आफ्नी श्रीमति मदनाको साथले यो स्थानसम्म आउन सहयोग भएको बताउँछन् ।
journalistkhagendra@yahoo.com


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...