१५ माघ, ताप्लेजुङ । ताप्लेजुङको थिङलाबुमा एक युवकको हत्या भएको छ । अज्ञात समूहले स्थानीय २५ वर्षीय कुमार लिम्बुको हत्या गरेको प्रहरीले जनाएको छ ।
पाँचजनाको अज्ञात समूहले धारिलो हतियार प्रहार गरी लिम्बुको हत्या गरेको बताइएको छ । हत्याको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनास्थल सदरमुकाम फुङ्लिङबाट ६ घण्टाको पैदलदुरीमा पर्दछ ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...