नेपालको राजनितिमा कतिपय यस्ता घटनाहरु घट्ने गर्छन जसले केही समयसम्म हलचलै मच्चाउँ छ । सी.डी.ओ. कुटपिट काण्ड देखि लिएर पारस काण्ड सम्म । त्यस्तै अहिले एमाले अध्यक्ष झलनाथ खनाल झापड काण्डले नेपाली राजनितिमा हलचलै मच्चाइ दिएको छ । त्यसका खलनायक रहेछन सुनसरी निवासी देवीप्रसाद रेग्मी । झापडकाण्ड हाम्रो इतिहासमा यो नौलो र पहिलो पनि होइन तर एउटा ठूलो पार्टीको प्रभावशाली अध्यक्ष माथि नै भएको घटना भने पहिलो हो । पहिले पहिले पनि यस्ता घटनाहरु घट्थे एमालेका तत्कालीन नेता गोल्छे सार्कीले तत्कालिन मन्त्री रामचन्द्र पौडेल माथि, एमालेका सभासद्ले कांग्रेस सभासद् माथि र मधेशी जनअधिकार फोरमका तर्फाट मन्त्री समेत रहेको ब्यक्तिले प्रमुख जिल्ला अधिकारी माथि भएका हातपातका घटनाहरु छापा मार्फ सुनेकै हो । त्यस्तै बजेट पेश गर्ने विषयमा विवाद भइ देशका अर्थ मन्त्रीका साथै केही मन्त्री माथि व्यवस्थापिका संसद भित्रै दुर्व्यवहार नभएको पनि होइन । तर त्यस घटनामा संलग्न व्यक्तिहरुमाथि के कति कारवाही भयो- हो, कानूनले धनी, गरीब, सानो ठूलो केहि भन्दैन जसले जुन स्तरमा रहेर अपराध गरेको हुन्छ त्यो अपराधनै हो । त्यसमा संलग्न अपराधीलाई समानरुपमा कारवाही हुनै पर्छ । तर हाम्रा नजीरहरु गलत सावित भएका छन् । अपराध गरेर, अपराध गरेको स्वीकारीदा पनि उनीहरुलाई कारवाही गरेको छैन । बरु राजनितिक संरक्षण दिएर प्रमोशन गर्ने गरिन्छ यो नै विडम्वनाको कुरा हो । यी माथिका घटनाहरुलाई नै देवीप्रसाद प्रकरणको प्रमुख कारण मान्न सकिन्छ ।
देवीप्रसादले किन नेतामाथि झापड लगाए- यसको अनुसन्धान हुनुको साथसाथै विश्लेषण हुनु पनि जरुरी छ । मैले यसघटनाको समाचार टेलिभिजन तथा अनलाइन साइट मार्फ अध्ययन गरे । घटनाले निकै दुखि बनायो । एउटा किसान जनताबाट देशको ठूलो नेतामाथि भएको दुर्व्यवहारले दुखी बनाउनु स्वभाविकै थियो । तर साथ साथै हामीले अर्को कुरा पनि बिर्सिनु हुँदैन कि अहिले देशमा देखिएको अराजक गतिविधिले देवीप्रसाद जस्ता तीन करोड जनता कति आजित छन् भनेर । देशमा आठ महिना देखि कामचलाउ सरकार छ । देशको स्थिति दिन दिनै व्रि्रदो छ । जनताका प्रत्यक्ष सरोकारका विषयमा राज्य मौन छ । दैनिक उपभोग्य बस्तुको मुल्य आकाशिएको छ, पानी छैन, बत्ती छैन, रोजगारी छैन, त्यो भन्दा पनि भयावह स्थिति भनेको देशको संविधान लेखिने संभावना नै देखिदैन । तर पार्टीहरू सरकार बनाउने र भत्काउने नाममा मात्रै आफ्नो समय बर्बाद गरि रहेका छन् । ती पार्टीका देश हाक्ने ठेकेदारहरु बैठक बस्छन् तर बैठकको निष्कर्श चै फेरी अर्को बैठक बस्ने भन्ने निकाल्छन् । फेरी बैठक बस्छन् फेरी ब्रि्रन्छ । यसबाट के प्रस्ट हुन्छ भने उनीहरुमा देश र जनता माथी उत्तरदायी नरहेको प्रस्ट हुन्छ । अनि जनताले के गर्ने - जनताको आशाका किरण भनेका राजनितिक पार्टीका नेता हुन् । सधैं नेताहरुको आश्वासनलाई नै आत्मासाथ गरेर बाँचि रहेका हुन्छन्, जनता । तर नेताहरुको यस्ता गैहृ जिम्मेवार ब्यवहारले नेतामाथि नै वितृष्णा लाग्नु स्वभाविक हो ।
हो, विरोध र असन्तुष्टी प्रकट गर्ने तरिका फरक फरक हुन्छन् । पत्रकारले पत्रकारीता मार्फ विरोध गर्छन्, साहित्यकारले साहित्य मार्फ, लेखकले लेख मार्फ, किसानले हलो कोदालो मार्फ, राजनितिक कार्यकर्ताहरुले कालो झण्डा मार्फ, त्यसैगरी देवीप्रसाद रेग्मीले पनि यो बाटो अंगालेको हुनु पर्छ तर यी सबै विरोधका शैलीहरु कानून विरोधी हुन् तर कानून विरोधी हुँदा हुँदै पनि अंगाल्नु पर्ने बाध्यता पनि होला । उनी -देवीप्रसाद) ले कानूनलाई सम्मान पनि गरेका छन् तर किन कानून तोडे- त्यो पनि अर्को महत्वपूर्ण कुरा हो । उनकै भनाइमा नेताले मिठा मिठा भाषण गर्छन् तर काम गर्दैनन् त्यसैले मैले यो बाटो अँगाले । उनको यो भनाइलाई हाम्रा बुद्धीजिबी वर्गले, पत्रकार साथीहरुले र नेताहरुले कसरी विश्लेषण गर्छन- हाम्रा लागि यो गम्भीर प्रश्न हो । मेरो विचारमा यो कदम चाल्नुमा देवीप्रसादको नेताहरु प्रति निराशाको आक्रोश हो । झलनाथ खनालको ठाउँ अरु कुनै नेता भएको भए पनि उनको आक्रोश यसै गरी प्रफोटन हुन्थ्यो । उनको झापड एउटा पार्टीका नेतामाथि मात्र नभएर सबै पार्टीहरूको नेता माथिको हो । यसलाई राजनितिक पार्टीका नेताहरुले प्रतिशोधको भावना लिएर कारवाही अगाडी बढाउनु भन्दा पनि त्यस भित्रको भावनात्मक विषयलाई विष्लेषण गरेर सुझ बुझका साथ अगाडी बढ्नु बुद्धिमानी हुन्छ ।
देवीप्रसादको क्रियाकलापलाई घटनाको प्रकृति हेरेर देशको विधमान कानून अनुसार कारवाही त हुनु पर्छ साथ साथै यो झापडबाट राजनितिक नेताहरुले पनि आफ्नो ब्यवहारमा परिवर्त ल्याउनु जरुरी देखिन्छ । जनताले नेताहरुको खबरदारी गर्नु उनीहरुको नागरिक अधिकार हो त्यसलाई निषेध गर्ने अधिकार कुनै पनि राजनिति पार्टीलाई छैन । नेताहरुले यो अप्राकृतिक घटनालाई सकारात्मक ग्रहण गर्दै पहिले राष्ट्रय सहमतिमा भए गरेका कामलाई निरन्तरता दिदै देवीप्रसाद जस्तै तीन करोड जनताले मागेको राष्ट्रिय सहमतिको सरकार निर्माण गरि समय सिमाभित्र देशको नयाँ संविधान निर्मातर्फउन्मुख हुनु अहिलेको अवश्यकता हो । तपाइहरुले देवीप्रसादको झापडलाई सकारात्मक बाटोमा हिडाउने कदमको रुपमा विष्लेषण गर्नु नै उत्तम हुनेछ । @ दैनिकीबाट


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...