कैट वेश्या बन्दै


त्यसो त हलिउड नायिका कैट हडसन गर्भवती छन् तर उनी अहिले वेश्याको भूमिकामा पनि देखा पर्दैछिन् । कैट असल जिन्गदीमा वेश्या बन्न लागेको भने होइन उनी त पोर्न स्टार्स लिंडा लवलेसको जीवनीमा बन्न लागेको चलचित्रमा मुख्य भूमिकामा वेश्या बनेकी हुन ।

केही समय अघि पोर्न स्टार लिंडाको जीवनमा आधारित चलचित्रमा लिन्डसे लोहानले अभिनय गर्ने चर्चा थियो । लागू औषधबाट छुटकारा पाउन लिन्डसे सुधारगृहमा पठाइएपछि कैटलाई वेश्याको भूमिकामा प्रस्ताव गरिएको हो । यो फिल्मले वेश्याकै कथामा आधारित अर्को चलचित्र इनफर्नोलाई टक्कर दिने बताइएको छ ।
सन् १९७२ मा बनेको पोर्न फिल्म डिप थ्रोटले कमाई र आम्दानीको हिसावले सबै रेकर्ड तोडेको थियो । यो बदनाम फिल्मले निक्कै नाम पनि कमाएको थियो । फिल्ममा लिंडा लवलेसले लिंडा नामको केटीको भूमिका निर्वाह गरेकी थिइन । यो फिल्मको सफलता पछि लिंडा पोर्न फिल्ममा मात्र नभएर बाहिरी दुनियाामा पनि चर्चामा आएकी थिइन ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...