कुमारीबारे पनि बन्नेभो अब नेपाली सिनेमा

जीवित देवीका रुपमा पुजिने नेपाली कुमारीबारे बलिउड निर्देशक केएनटी शाष्त्रीले सिनेमा निर्माण गर्नेभएका छन् । कुमारीबारे लेखिएको औपचारिक पुस्तकमा आधारित रहेर निर्माण गरिने सिनेमाको स्क्रिप्टसमेत तयार गरिसकेका छन् उनले । 'जीवित देवीका रुपमा कुमारीलाई गरिने परम्पराजन्य सम्मान र लगत्तै उनी कसरी साधारण मानवजस्तै जीवनयापन गर्छिन् भन्नेबारे सिनेमा बनाउँदैछु' शाष्त्रीले भने 'स्क्रिप्ट डिजाइन भैसकेको छ र सुटिङ चाँडै सुरु गर्दैछु ।'

कुमारीका रुपमा अभिनेत्री अमृता राव देखापर्दैछिन् । गायक सोनु निगम वाराणासी ठिटोको रुपमा मुख्य पात्रको भूमिका निर्वाह गर्दैछन् । 'कुमारी भारतमा पनि छन् तर ती कुमारीहरु वेश्यावृत्तिमा संलग्न हुनेगर्छन, भगवानप्रति समर्पितजस्तो देखिएपनि वेश्यागमनबाट उनीहरु अछुतो हुँदैनन' शाष्त्रीले भने 'तर नेपाली कुमारी त्यस्ता छैनन् । यिनीहरु पवित्र र वास्तविक रुपमा भगवानप्रति समर्पित छन् जसले गर्दा म यो कलरफूल सब्जेक्टमाथि सिनेमा बनाउन तयार भएको हुँ ।'

आफूले बनाउने यो चलचित्रमा एक कुमारीको वाल्यवस्था, कुमारी जीवन र त्यसपछिको वैंशालु प्रेम र गृहस्थीजीवन प्रस्तुत हुने शाष्त्रीले बताए । सोनु निगम अमृताको अपोजिटमा वाराणासी प्रेमीको रुपमा देखापर्दैछन् । कुमारीको जीवनशैलीबारे अध्ययन गर्न यसअघि दुईपटक नेपाल आइसकेका छन् शाष्त्री । कुमारीबारे थुप्रै डकुमेन्ट्री बनेपछि सिनेमा चाहिँ पहिलोपटक बन्न लागेको हो । नेपाली कुमारीलाई विश्वले श्रद्धाभाव व्यक्त गर्ने गर्दछ ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...