बिंगोबाट उठेको रकमले टुँडिखेल मर्मत

इलाम, माघ ६ - 
यहाँको टुँडिखेल पनि जीर्ण बन्दै गएपछि स्थानीय प्रयासमा मर्मत थालिएको छ । खेलकुद गतिविधि सञ्चालन हुने खेल मैदान जीर्ण बनेकाले चाडबाडमा रकम संकलन गरेर खेलप्रेमीले मैदानलाई फिफा स्केल अनुसारको बनाउने प्रयास थालेका हुन् ।

राणा कालमा पेट्रोलम्याक्स बालेर फुटबल खेलाइएको इतिहास बोकेको यो मैदानमा डेढ दशकअघिसम्म राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन भएका भए पनि पछिल्लो समयमा मैदानको दुरावस्थाले ठूला प्रतियोगिता आयोजना हुन सकेका छैनन् । 

गत दसैं-तिहारमा बिंगो खेलाएर संकलन गरिएको रकमले एक सातादेखि टुँडिखेलमा स्काभेटर र श्रमदानबाट काम भइरहेको छ । बिंगो खेल जिल्ला फुटबल संघले सञ्चालन गरेको थियो । दसैंदेखि तिहारसम्म सदरमुकामको चोकबजारमा खेलाइएको बिंगो खेलबाट संकलन भएको २ लाख ३२ हजार रुपैयाँ र उक्त अवधिमा शुभेच्छुकबाट संकलन भएको १८ हजार सात सय ४९ रुपैयाँ रकमबाट खेल मैदान पुनर्निर्माणमा खर्च गरिएको संघका महासचिव निरोज खड्गीले बताए । जिल्ला विकास समिति, नगरपालिका लगायतबाट सहयोग प्राप्त हुने उनले जानकारी दिए ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...