![]() |
| अध्यक्ष कुमार लिङदेन |
३१ वैशाख,झापा मञ्चसम्वद्ध संघीय लिम्वुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङदेन शनिवार विहान दुर्घटनामा परि घाइते हुनु भएको छ । विहान १०:३० बजे इलामको लक्ष्मीपुर गाविसमा हुन लागेको क्षेत्रीय आमसभालाई सम्वोधन गर्न जाने क्रममा झापाको चारआलीमा मोटरसाइकल दुर्घटना हुँदा उहाँ घाइते हुनु भएको हो ।
परिषदका अर्थसचिव सुरेन्द्र निङलेखुका अनुसार उहाँको अहिले विराटनगर न्यूरो अस्पतालमा उपचार भइरहेको र उहाँको स्थिति खतरामुक्त रहेको छ ।
अध्यक्ष लिङदेनसँगै रहेका मोटरसाइकल चालक एल भी कमाण्डर अग्नी लिम्वु पनि घाइते हुनु भएको छ । उहाँको स्वास्थ्य स्थिति खतरामुक्त रहेको पार्टी स्रोतले जनाएको छ ।
अध्यक्ष लिङदेनसँगै रहेका मोटरसाइकल चालक एल भी कमाण्डर अग्नी लिम्वु पनि घाइते हुनु भएको छ । उहाँको स्वास्थ्य स्थिति खतरामुक्त रहेको पार्टी स्रोतले जनाएको छ ।
दिपेन


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...