विमर्श उप्रेती काँकरभिटा(झापा) म््ुलुकमा स्थायी शान्ति,जन संविधान र समृद्ध नयाँ नेपाल निर्माणको लागि देश ब्यापी मोटरसाईकल र्याली झापाको काँकरभिट्टाबाट सोमबार (आज) स’रु भएको छ ।
नेपाली ख्रिष्टियन समुदायद्धारा आयोजित र्यालीको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मानवअधिकारवादी नेता हेम खड्काले रिवन काटेर गनुभएको थियो । एम्नेष्टी ईन्टरनेशनल झापाका अध्यक्ष समेत रहन’भएका खड्काले शान्ति र संविधान म््ुलुकको वर्तमान राष्ट्रिय आवश्यकता भएकाले यी महत्वपुर्ण विषय धरापमा परेकोप्रति चिन्ता ब्यक्त गर्दै सम्प। ुर्ण राजनीतिक दलहरुलाई म’ल’कको अस्तित्व जोगाउन गम्भिर बन्न आग्रह गनर्”भयो । उहाँले दल तथा सभाषद्हरुलाई सत्ता र भत्ताको खेल त्यागेर शान्ति र संविधानमा ध्यान केन्द्रीत गर्न र्याली प्रभावकारी बन्ने धारणा राख्न’भयो ।
म््ुलुकभर शान्ति,मेलमिलाप,सहकार्य,सहज राजनीतिक वातावरण स्थापीत भई नयाँ नेपाल निर्माण गर्ने उद्धेश्यले देवकोटा पार्कमा सहभागीहरुले करिब एक घण्टा प्रार्थना गरेका थिए । दिगो शान्ति,प्रगती,सहमती एवँ पर्यटन वर्ष २०११ को सफलताको लागि आयोजित र्याली २०६८ जेठ २ देखि १० सम्म सञ्चालन ह’ने छ । मेची महाकाली मोटरसाईकल र्याली प”र्वी प्रवेशद्धार झापाको काँकरभिट्टाबाट स’रु भई महेन्द्रनगरमा समापन ह’ने ईसाई समाज झापाका अध्यक्ष रमेश ग’रुङले बताउन’भयो । र्यालीकै क्रममा अधिराज्यका प्रम’ख शहरहरुमा संविधान निर्माणका लागि दबाब स्वरुप खबरदारी कार्यक्रमको आयाजना गरीने भएको छ । प”र्वको मेची नदी र पश्चिमको महाकाली नदीको पानीलाई मिसाएर फ”लदानीमा राखी राष्ट्रपती,प्रधानमन्त्री,सभाम’ख,अन्य मन्त्रीहरु,सबै राजनीतिक दलका प्रम’खहरु,सभाषद्हरुलाई शान्ति र संविधान निमार्णको पक्षमा राष्टिय सहमती,र एकताको लागि सद्ब’द्धी पलाओस भन्ने उद्धेश्यले प्रदान गरीने र्यालीका सह संयोजक डिल्लीराम पौडेलले जानकारी दिन’भयो । मिसाईएको पानी छ’ट्याउनै नसकिने भएकोले पानी जस्तै गरी देश बनाउन दलहरु पनि मिल’न भन्नका लागि मिसाईएको पानी वितरण गर्न लागिएको पौडेलको भनाई छ । प्रार्थनाका क्रममा वक्ताहरुले शान्ति न्याय,राजनीतिक स्थायीत्व ,आर्थिक उन्नती ,नैतिक मान्यता ,सत्यता र धार्मिकताको पर्खाल भत्कीएको भन्दै यसप्रति दलहरुलाई सचेत रहन आग्रह गरीएको थियो । नेपालका लागि ४० दिने विश्वब्यापी प्रार्थना को कार्यक्रम ०६८ वैशाख २१ देखि जेठ २९ सम्म रहेको आयोजकले जनाएको छ ।
सो कार्यक्रममा नेपालका लागि प्रार्थना अभियानका सहजकर्ता भव घले,ईसाइ समाज मेचीनगरका अध्यक्ष एनोस गजमेर,र्यालीका संयोजक बि.पी.खनाल,ज्वेल भ’जेल लगायतले बोल्न’भएको थियो । ु


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...