एक समय थियो, झापाको मेचीनगरमा कुनै सांगीतिक कार्यक्रम गर्दा विभिन्न ठाउँबाट कलाकारहरु झिकाउनुपथ्र्यो । त्यो समस्यालाई समाधान गर्नको लागि संगीतमा रुची राख्ने केही साथिहरुको पहलमा ९ वर्ष अगाडी धुलाबारीमा जेनिय म्युजिक ब्राण्ड सुरु गरियो । तर, रोजगारीको क्रममा साथिभाईहरु विदेशिएपछि त्यो ब्राण्ड ओझेलमा प¥यो ।
९ बर्षपछि फेरी निरन्तरता पाएको छ जेनियम ब्राण्डले । पहिलोपटक ब्राण्डले जेनियम नामको एल्बम ल्याएर नेपाली सांगीतिक आकाशमा एउटा पाईला थपेका छन् ।
९ ओटा गीत समावेश गरिएको सो एल्बममा, बाँचदिन्छु, हरपल,स्कूल तिम्रो त्यो, कल्पना (नसोध मलाई), जाँदाजादै, आउँनेछु म, गरिवको जिन्दगी, चन्द्र सूर्य बोलका गीतहरु रहेका छन् । विशेष गरी युवावर्गलाई लक्षित गरेर निकालिएको एल्बम भएतापनि, सवै उमेर र समूहलाई यो एल्बमले लोभ्याउनेमा आशावादी छन् ब्राण्ड म्यानेजर धनराजथापा मगर । विदेशमा भएका साथिभाईहरु एकजुट भएर एल्बम निकाल्नू निकै गाह्रो कुरो रहेछ । उनि अगाडी भन्छन् ।
दिनभरी विदेशी भूमीमा आफ्नो श्रम र सीप खर्चदा बाँचेको अलिकति समयलाई सदुपयोग गर्दै सिर्जना गरेका गीत संगीत आज श्रोतमाझ ल्याउँदा निकै खुशी लागेको छ । रोजगारीकै सिलसिलामा युएयीमा रहेका मेचीनगर ३ का अनिल शाह बताउँछन् ।
४ वर्ष साउदी अरब रहेर १ महिनाको लागि छुट्टिमा आएका मेचीनगरका २ धुलाबारीका प्रज्वल सुव्वाले आफ्नो परिवारको लागि १ दिन पनि समय दिन सकेनन् । एल्बमको तयारीको लागि कहिले काठमाडौं कहिले झापा गर्दैमा ३० दिन कति छिटो सकिएछ पत्तै भएन् मेचीनगर अनलाईनसंगको कुराकानीमा उनि भन्छन् ।
आधिकारीक रुपमा २०६८ साल बैशाखमा उद्घाटन गर्ने भएतापनि जेनियम ब्राण्डका गीतहरु अहिले विभिन्न एफ.एम स्टेशनहरुबाट सुन्न सकिन्छ ।


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...