होसियार ! कतै तपाईको गाडी ओभरस्पीड त छैन ?


तपाईंको गाडी कति स्पिडमा चलेको छ - यातायात ऐनले तोकेभन्दा बढी स्पिडमा सवारी चलाउने गर्नुभएको छ भने होस् पुर्‍याउनुहोस् । झापामा सुरु गरिएको र्‍याडरगन -गतिमापक बन्दुक) को प्रयोगले तपाईंको गाडी तीव्र गतिमा चलेको छ भने समातिनेछ । 
असीमित गति र लापरबाहीले दर्ुघटना बढेको भन्दै ट्राफिक प्रहरीले र्‍याडरगनको मद्दत लिने थालेको हो । गाडीको गति जति बढी छ त्यति नै टाढाबाट जाँच्न सकिने भएकाले पक्राउ गर्न पनि सजिलो हुने ट्राफिक प्रहरी निरीक्षक शान्तिराज कोइराला बताउँछन् । 'राजमार्गको कुनै कुनामा छेलिएर र्‍याडरगन प्रयोग गर्र्छौं,' कोइरालाले भने, 'स्पिड कुदेको पाइए अघिल्लो चेकपोस्टमा समातिनेछ ।'

सवारी ऐनअनुसार तर्राई क्षेत्रमा प्रतिघन्टा ८० किलोमिटरभन्दा बढी गतिमा गाडी चलाउन पाइँदैन । तर, यहाँ भने ठूला सवारीसाधानहरू -बस, ट्रक, टि्रपरलगायत) साना सवारी पनि मापदण्डभन्दा बढी स्पिडमा चल्ने गरेको ट्राफिक प्रहरीको भनाइ छ । 
काठमाडौंबाहेक मोफसलमा र्‍याडरगन प्रयोगमा ल्याउने यो पहिलो ट्राफिक प्रहरी कार्यालय हो । सवारी चाप दिनानुदिन बढ्दै गएको र दर्ुघटना पनि त्यही क्रमले बढ्दा दर्ुघटना न्यूनीकरणको विकल्पका रूपमा र्‍याडरगन ल्याएइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
सिंगापुरबाट झिकाइएको अत्याधुनिक गति मापक बन्दु -र्‍याडरगन) का लागि विभिन्न यातायात व्यवसायी संगठनहरूले आर्थिक सहयोग उपलब्ध गराएका छन् । ४० हजार रुपैयाँमा सो र्‍याडरगन ल्याइएको हो । सवारी दर्ुघटना न्यूनीकरण र ट्राफिक नियम पालनाका लागि यहाँका यातायात व्यवसायीहरू सकारात्मक बनेपछि दर्ुघटना न्यूनीकरणका लागि विभिन्न प्रयासहरू हुँदै आएका छन् ।
यसै क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयले शुक्रबारदेखि सामुदायिक प्रहरी पनि परिचालन गर्न लागेको छ । यसका लागि आठजना स्वयंसेवकहरू छनोट गरी उनीहरूलाई ट्राफिक नियमसम्बन्धी तालिम पनि दिइसकिएको निरीक्षक कोइरालाले बताए । सामुदायिक ट्राफिक प्रहरी परिचालनका लागि जिल्लाका विभिन्न संघ/संगठनले मासिक रकम उपलब्ध गराउने भएका छन् ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...