धरान। शिक्षकले अश्लील सिडी भेटेपछि विष्णु मेमोरियल उच्च माविमा कक्षा ६ मा अध्ययनरत १२ बर्षीय छात्रा सृष्टी रानाभाटको आत्महत्याको विषयमा गठित छानविन समितिले आफ्नो प्रतिवेदन सार्वजानिक गरेको छ ।
धरानमा आइतबार पत्रकार सम्मेलन गरी समितिले रानाभाटको आत्महत्या भवितव्य भएको जनाएको छ । समितिले विद्यालयका शिक्षक अजय शर्मा लगायत शिक्षकहरुलाई सोधपुछका क्रममा कुनै पनि मानसिक यातना नदिएको देखिएको तथा घटना भवितव्य भएको प्रतिवेदनमा निस्कर्ष निकालेका छन् ।
मृतक सृष्टिले गेमको सिडि बोक्दा भुलवश अश्लील सिडी परेको र सोही सिडी शिक्षकले फेला पारेपछि उनीहरुबाटै अन्यसाथीहरुसम्म कुरा पुगेको र त्यसपछि हुने सम्भावित बद्नामीलाई झेल्नसक्ने सार्मथ्य जुटाउन नपाउदा उनले त्यसबाट जोगिन आत्महत्याको बाटो रोजेको समितिको प्रतिवेदनमा उल्लेख छ ।
छानबिन समितिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सक डा.प्रमोद स्यांवेसाग पनि परामर्श लिएको र समस्याहरुसाग जुध्न नसक्ने कमजोर मनोबल भएका बालबालिकाहरुले हतारमा गलत निर्णय लिने जानकारी दिएको प्रतिवेदनमा जनाइएको छ ।
वालिकाको आत्महत्याको लागि उत्प्रेरित गर्ने कारण पत्ता लगाउनु, विवादलाई समाधान गर्न प्रहरी प्रशासनलाई सहयोग गर्नु र घटना दोहोरिन नदिन सरोकारवालाहरुलाई सुझाव दिने उदेश्यले छानविन समिति गठन गरिएको छानविन समितिका सदस्य सचिव राजेश विद्रोहीले जनाए ।
‘विद्यालयका छात्रा सृष्टिको मनमा अस्लिल सिडी शिक्षकले भेटेपछि अपराध बोधका कारण आत्महत्या गरेको देखिन्छ’ : विद्रोहीले सम्मेलनका क्रममा भने–‘घटनाको बारेमा अभिभावक र अन्य शिक्षकहरुलाई सोधपुछ गरी जानकारी लिदा उनले गल्ती गरेको देखिएन, घटना भवितव्य भएको हो ।’ शिक्षक शर्मा दोषी नभएकाले विद्यालयले ससम्मान काममा फिर्ता गराउने स्कुल व्यावस्थापन समितिका अध्यक्ष तथा छानविन समितिका सदस्य श्यामबहादुर कटुवालले बताए । ‘स्कुलले स सम्मानका साथ पुन: विद्यालयमा फर्काउनेछौं: पत्रकार सम्मेलनमा उनले भने ।
सो छानबीन समितिले विद्यालयमा विद्यार्थीमैत्री वातावरण बनाउनुपर्ने, शिक्षक शिक्षिकालाई बाल तथा किसोर किसोरी मनोविज्ञानसम्बन्धि तालिमहरु दिइनुपर्ने, किसोर किसोरीमा देखापर्ने मनोवैज्ञानिक तथा व्यवहारजन्य समस्यालाई समाधान गर्न विद्यालयमा परामर्शदाताको व्यवस्था गर्नुपर्ने,किसोर किसोरीलाई यौन शिक्षा दिइनुपर्ने लगायत सुझवहरु समेत दिएको छ ।
यसैगरि,अभिभावकहरुले पनि बाल मनोविज्ञानप्रति सचेत हुनुपर्ने, शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्य पनि महत्वपुर्ण भएकोले बालबालिकामा अचानक कुनै अनौठो व्यवाहार देखिएमा मनोचिकित्सकसाग परामर्श गर्नुपर्ने समितिको सुझाव छ ।
गत फागुन १६ गते बिहान सृष्टिले धरान १० विशालपथस्थित आफ््नै घरको पंखामा पाशो लगाएर आत्महत्या गरेपछि उनको अभिभावकले सिडी फेला पार्ने शिक्षकको कारण त्यसो गरेको आरोप लगाएका थिए ।
विवाद बढ्दै गएपछि बालिकालाई आत्महत्याका लागि उत्प्रेरित गर्ने कारण पत्ता लगाउन, विवाद समाधानमा प्रहरी प्रशासनलाई सहयोग गर्न र घटना दोहोरिन नदिन सरोकारवालाहरुलाई सुझाव दिने उद्देश्यले जनसरोकार मञ्चका अध्यक्ष कृष्णनारायण पलिखेको संयोजकत्वमा ९ सदस्यीय सर्वपक्षिय छानबीन समिति गठन गरिएको थियो ।
Shristhi’s Suicide Full Story CLICK HERE


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...