पाशो लगाएर छात्राद्धारा आत्महत्या


धरान । विष्णु मेमोरियल उच्चमाविका एक छात्राले सोमबार बिहान आत्महत्या गरेकी छिन् । विद्यालयमा कक्षा ६ मा अध्ययनरत १२ बर्षीय सृष्टि रानाभाटले धरान १० विशालपथ स्थित आफ्नै कोठाको पंखामा बिहान करिब ४ बजेतिर पाशो लगाएर आत्महत्या गरेकी हुन् ।
उनले आत्महत्या नै गरेको भएपनि त्यसो गर्नुको कारणबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ । शिक्षकले स्कुल ब्यागमा अश्लील फिल्मको सिडि फेला पारेको ४ दिन पछि आत्महत्या गरेको भन्ने चर्चा चलेपछि प्रहरीले शिक्षक र मृतकका मिल्नेसाथीहरुसँग सोधपुछ गरिरहेको छ । प्रहरीका अनुसार उक्त सिडी शिक्षक अजय शर्माले गएको बिहिबार ब्याग चेकजाच गर्दा मृतकका साथीको झोलाबाट फेला परेका थिए । पछि सो सिडी मृतकले ल्याएको थाह पाएपछि शिक्षक शर्माले आइतबार चारै जनालाई भेला पारेर सम्झाएपछि भोलीपल्ट बिहान उनले आत्महत्या गरेको प्रहरीको भनाई छ ।
आत्महत्या नै भएपनि यो उमेरमा किन गर्यो भनेर कारण अनुसन्धान शुरु गरका छौं;-डिएसपी दिपक रेग्मीले भने । प्रारम्भिक अनुसन्धानको क्रममा अश्लील फिल्मको सिडि फेला पारेको बारेमा शिक्षकले छात्रालाई दबाब दिएको अथवा गलत नियत राखेको नदेखिए पनि थप अनुसन्धान गर्नुपर्ने देखिएको डिएसपी रेग्मीले बताए । उनले भने-ँआत्महत्यामा सिडि प्रकरण पनि जोडिएको छ कि भनेर सम्बन्धितहरुसँग सोधपुछ गरिरहेका छौं ।
घटना विवरण अनुसार बिहिबार स्वास्थ्यका शिक्षक शर्माले विद्यार्थीको ब्याग चेक गर्ने क्रममा छात्रा हिना लिम्बुको झोलामा रेस्लिंगको खोल भएको सिडी फेला पारेका थिए । उक्त सिडी अश्लील फिल्मको भएको बारेमा शुक्रबार मात्रै थाह पाएको र आइतबार हिनासँग सोधपुछ गर्दा उक्त सिडि सृष्टिले ल्याएको र चारजना साथीहरु मिलेर हेरेको भन्ने खुलेको शर्माले बताए । त्यसबारेमा सृष्टिसहित चारै जनालाई आइतबार सम्झाए पनि अरु मानसिक तनाव दिनेकुरा केही नभनेको शिक्षक शर्माले बताए । आइतबार मात्रै विद्यालय आएर थप सोधपुछ गरेपछि सम्झाइबुझाइ गरेको उनले बताए । ँपि्र_िन्सपललाई भन्दा थप बेइज्जत हुन्छ भनेर म आमाबुबासँग कुरा गर्छु भनेर फोन नम्बर मागे अनि सम्झाउदै उप्रान्त यस्तो गल्ती नहोस भनेको थिए तर भोलीपल्ट यस्तो घटना होला भन्ने एकमनमा पनि थिएन;-उनले भने ।
विद्यालयका संस्थापक श्याम कटुवालले पनि विद्यालय र शिक्षकको कुनै दोष नरहेको बताए । मृतकका बुबा राम रानाभाटले भने सिडी फेला परेको बारेमा शिक्षकले विद्यालय र अभिभावकलाई समेत खबर नगरेर गल्ती गरेको बताए । ँकमसे कम आइतबार हाम्रो फोन नम्बर लिएपछि हामीलाई खबर त गर्नुपथ्र्यो त्यसो गरेको भए हामीले उसलाई सँगै राखेर सम्झाइबुझाइ गथ्र्यो यस्तौ घटनै हुनेथिएन;-उनले भने । सोमबार साँझ एक विज्ञप्ती निकाल्दै उनले शिक्षकले वालमनोविज्ञानलाई ख्यालै नगरि मानसिक तनाव दिएकोले आत्महत्या गरेको जिकिर गरेका छन् ।
Investigating Body’s report Click Here

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...