केही वर्षअघिसम्म राति अबेरसम्म खुल्ने राजधानीका डिस्को, डान्सबार र दोहोरी तथा रेष्टुरेन्टहरू मध्यरात नहुँदै बन्द हुन्छन् । बृहत् शान्ति सम्झौतापछि ‘लेट नाइट’ संस्कार फस्टाउने आशामा रहेका व्यवसायीहरू यतिबेला निराश छन् । अन्यत्र होइन, राजधानीकै दरबारमार्ग र आसपासको ठमेल क्षेत्रका व्यवसायीहरू ‘रात्री जीवन’ को स्पष्ट परिभाषा र नीति नहुँदा अप्ठेरो भएको बताउँछन् ।
एकतातिर सरकारले नेपाल पर्यटन वर्ष अभियानका रूपमा सञ्चालन गरिरहेको छ । तर नेपाल भ्रमणमा आएका पर्यटकहरूको काठमाडौंको रात्री जीवन देख्न पाएका छैनन् । २०६२÷६३ को आन्दोलनपछि नेपालमा द्वन्द्व समाप्त भई शान्ति सम्झौतापछि राजधानीका दोहोरी, डान्सबार र रेष्टुरेन्टहरू राति एक, दुई बजेसम्म सञ्चालन हुन्थे । दरबारमार्गस्थित क्लब प्लाटिनमका निर्देशक वरदान गिरी भन्छन्, “डिस्कोमा राति ११ बजेपछि पर्यटकहरू आउँछन्, टिकट लिन्छन् तर प्रहरी प्रशासनको निर्देशनमा १२ बजे डिस्को बन्द गर्नुपर्छ ।” उनले दरबारमार्ग, ठमेल लगायतका ठाउँहरूले काठमाडौंको रात्री जीवनको नमुना स्थलहरू भएकाले यी ठाउँहरूमा प्रहरी प्रशासनले सुरक्षा दिनुपर्ने बताए ।
एकतातिर सरकारले नेपाल पर्यटन वर्ष अभियानका रूपमा सञ्चालन गरिरहेको छ । तर नेपाल भ्रमणमा आएका पर्यटकहरूको काठमाडौंको रात्री जीवन देख्न पाएका छैनन् । २०६२÷६३ को आन्दोलनपछि नेपालमा द्वन्द्व समाप्त भई शान्ति सम्झौतापछि राजधानीका दोहोरी, डान्सबार र रेष्टुरेन्टहरू राति एक, दुई बजेसम्म सञ्चालन हुन्थे । दरबारमार्गस्थित क्लब प्लाटिनमका निर्देशक वरदान गिरी भन्छन्, “डिस्कोमा राति ११ बजेपछि पर्यटकहरू आउँछन्, टिकट लिन्छन् तर प्रहरी प्रशासनको निर्देशनमा १२ बजे डिस्को बन्द गर्नुपर्छ ।” उनले दरबारमार्ग, ठमेल लगायतका ठाउँहरूले काठमाडौंको रात्री जीवनको नमुना स्थलहरू भएकाले यी ठाउँहरूमा प्रहरी प्रशासनले सुरक्षा दिनुपर्ने बताए ।कुनै समय थियो, सूर्यास्तस“गै सुरु हुने राजधानीको रंगीन जीवन दोहोरी, डान्सबार र क्याबिनमा व्यस्त हुन्थ्यो, सँगै डिस्को र पबमा । तर संविधानसभा निर्वाचनपछि बनेको माओवादी नेतृत्वको सरकारका गृहमन्त्री वामदेव गौतमको समयमा रेष्टुरेन्ट, डान्स, दोहोरी, पब, डिस्को (जसलाई रात्रीजीवनका रूपमा लिइन्छ) १२ बजेपछि बन्द गर्नुपर्ने नियम बनाइयो ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक सुभास निरौला भन्छन्, “हामीकहाँ रात्री जीवनको परिभाषा र नीति नै छैन ।” उनले पर्यटन प्रवद्र्धनको महत्वपूर्ण पक्षका रूपमा अन्य देशहरूले रात्री जीवनलाई पनि लिने गरेको बताए । “विश्वका अन्य सहरहरूमा जस्तै हाम्रा अधिकारप्राप्त निकायहरूले पनि रात्री जीवनका सम्बन्धमा स्पष्ट नीति बनाउनुपर्छ,” उनले भने ।
बढ्दो विद्युत् संकटका कारण काठमाडौंको रात्रीजीवन अन्धकारमय बन्दै गएको छ । अर्कोतर्फ प्रहरी प्रशासनले राति अबेरसम्म डिस्को, डान्सबार, रेष्टुरेन्ट र दोहोरी क्लबहरू सञ्चालनका लागि रोक लगाएको छ । प्रहरी प्रशासनले आपराधिक गतिविधि रोक्ने बहानामा रात्री जीवनलाई निस्फिक्री सञ्चालनबाट रोक लगाएको छ ।
काठमाडौं प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) पुष्कर कार्की नेपाल पर्यटन वर्षलाई लक्षित गर्दै प्रहरी मुख्यालयले रात्री जीवन व्यवस्थित गर्न आग्रह गरेमा यसलाई व्यवस्थित गर्न सकिने बताए । उनले रात्रीजीवनका नाममा जोडिएर आउने विकृतिहरू अन्त्य गर्नका लागि प्रहरी प्रशासनले अबेरसम्म डिस्को, डान्सबार रेष्टुरेन्ट तथा पबहरूको सञ्चालनमा रोक लगाएको बताए । “यदि हामीले जथाभावी व्यवसाय सञ्चालन गर्न दिने हो भने धेरै विकृतिहरू बढ्छन्,” उनले भने, “व्यवसायी र सम्बन्धित अन्य पक्षहरूले यसको व्यवस्थापनको लागि ध्यान दिनुपर्छ ।” उनले उपत्यकामा र खासगरी काठमाडौंमा बसोबास र व्यवसायसँगसँगै भएकाले पृथकीकरण गर्नसमेत समस्या रहेको बताए ।
तर व्यवसायीहरूले भने प्रहरी प्रशासनको यो नियमले मर्यादित रात्री व्यवसायलाई समेत प्रभाव पारेको बताउँछन् । लाजिम्पाटस्थित आइरिस पबको सञ्चालक जर्मन नागरिक लोथर रुइक भन्छन्, “सरकारले पर्यटन वर्षको अभियान सञ्चालन गरेको छ, यो राम्रो सुरुवात हो । तर सुरक्षाको कारण देखाउँदै पछिल्लो समयमा लगाइएको समयको पावन्दीले भने मेरो जस्तै रातभर व्यवसाय सञ्चालन प्रकृतिका पव हाउस तथा रेष्टुरेन्टहरूलाई भने समस्या परेको छ ।” उनले राति ८ बजेपछि मात्रै कारोबार हुने पब हाउसहरू ३ घन्टा सञ्चालन गरी ११ बजे बन्द गर्नुपर्ने बाध्यताले व्यवसाय धराशयी भएको बताए ।
रुइकजस्तै अनुभव छ, दरबारमार्गस्थित आई क्लबका सञ्चालक स्टाइलिन शेर्पाको । शेर्पाले दरबारमार्ग, ठमेलजस्ता राजधानीको केन्द्रमा पनि सुरक्षाको कारण ११ बजेदेखि नै व्यवसाय बन्द गर्नुपर्ने दुर्भाग्य रहेको बताए ।
कुनै समय गार्मेन्ट उद्योगहरूले जस्तै रोजगारी सिर्जना गरेका राजधानीका रेष्टुरेन्ट, दोहोरी, पब तथा डान्सबारहरू सरकारको स्पष्ट नीति नहुँदा बन्द गर्नुपर्ने अवस्थामा छन् । पर्यटन वर्षको अभियान सञ्चालन गरे पनि सरकारले न त नयाँ पर्यटन गन्तव्यहरूको सिर्जना गर्न सकेको छ, न त पर्यटन प्रवद्र्धनका नयाँ उपायहरू अबलम्बन गर्न नै ।
राज्यले यी व्यवसायमा कर (मूल्यअभिवृद्धि कर) समेत लगाएको छ । तर यिनीहरूको सञ्चालनका लागि देखिएका समस्याहरूको समाधानमा भने कुनै उत्तरदायित्व बहन गरेको देखिँदैन । यदि सरकारले रात्री जीवनलाई व्यवस्थित र पर्याप्त समय दिन सकेन भने यो व्यवसाय दीर्घकालका लागि सञ्चालनमा आउन सक्दैन ।
With reference to Karobar Daily

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...