पिसाबबाट चोर पक्राउ !

डेनमार्कको एउटा बैङ्क लुट्न गएका स्वीडेनका एक जना चोर पिसाबका आधारमा पक्राउ परेका छन् ।
एक जना मतियारसहित चोरी गर्न गत मेको शुक्रवार बैङ्क प्रवेश गरेका चोरमध्ये एकजना पिसाबका आधारमा सजायको भागीदार भएका हुन् । उनीहरुले तीनओटा बोतलमा फेरेको पिसाब आफूसँगै लैजान बिर्संदा प्रहरीको फन्दामा परेको एकजना सरकारी वकिलले बताए ।

बैङ्कको ढुकुटीमा छिरेका उनीहरु सोमवार बैङ्क नखुल्दासम्म थुनिएका थिए । बैङ्कबाट कुलेलम ठोक्नुअघि उनीहरुले ३ दिनसम्म फेरेको पिसाब बोतलमा नै राखेका थिए । ३ दिनसम्म बैङ्कको ढुकुटीमा रहँदा उनीहरुले १ सय ४० ओटा डिपोजिट बाकस फोरेर ५ लाखभन्दा बढी नगद कुम्ल्याएका थिए ।
पिसाबको डीएन परीक्षणबाट एक जना २७ वर्षीय चोरलाई २१ महीना जेलसजाय भएको छ ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...