अशोक अधिकारी
झापा, ९ चैत / झापाको ऐतिहासिक पर्यटकीयस्थल किच्चकवधको उत्खनन्मा स्थानीयबासीले अवरोध गरेका छन् ।
फागुन २६ गतेदेखि सुरु गरिएको उत्खनन् नगर्न चेतावनी दिँदै स्थानीय खड्ग सुब्बाको नेतृत्वमा आएको १८/२० जनाको समूहले आइतबार उत्खनन् टोलीमाथि कुटपिट गरेको समितिका एक सदस्यले बताए । उत्खनन्का लागि उत्खनन् विभागका प्रमुख उद्धव आचार्यको नेतृत्वमा आएको ५ सदस्यीय टोलीले उत्खनन् गरिएको थियो । उत्खनन्बाट पौराणिक महत्वका माटोका भाडा र इँटाका टुक्राहरु फेला परेका छन् । महाभारत कथासँग प्रसंग जोडिएको किच्चकवधको यो तेस्रोपटक उत्खनन् गरिएको हो । स्थानीयले फेला परेका ऐतिहासिक वस्तुहरु विभागले ‘बेचेर खाने’ आरोप लगाउँदै अवरोध पुर्याएको किच्चकवध संरक्षण समितिका अध्यक्ष दिलकुमार थेवेले बताए । सुरक्षा नभएको उल्लेख गर्दै उत्खनन् टोलीले उत्खनन् कार्य रोक्ने चेतावनी दिएको छ । यो उत्खनन् रोकिएको पुनः उत्खनन् हुन नसक्ने जनाउँदै किच्चकवध संरक्षण समितिले पहल थालेको छ । सोमबार जिल्ला प्रशासन कार्यालय झापामा सुरक्षाका लागि जानकारी गराएको र असन्तुष्ट पक्षसँग मंगलबार वार्ता गरिने बताइएको छ । प्रमुख जिल्ला अधिकारी शशीशेखर श्रेष्ठले उत्खनन् नरोकिने बताए । ‘स्थानीयसँग समन्वय गरेर काम जारी रराख्ने प्रयास भइरहेको छ’, – उनले भने ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...