इटहरी/ समयमा लब्धाङ्कपत्र (मार्कसिट) हात नपर्दा समस्या भोग्नुपरेको यहाँस्थित जनता बहुमुखी क्याम्पसका विद्यार्थीले गुनासो गरेका छन् । स्नातक तह दोस्रो वर्षको परीक्षा फारम भर्ने समय सकिँदासमेत क्याम्पसले पहिलो वर्षको लब्धाङ्कपत्र उपलब्ध नगराउँदा विद्यार्थीहरु समस्यामा परेका हुन् ।
उच्च माध्यमिक शिक्षा परिषद्को विराटनगरस्थित क्षेत्रीय कार्यालयमा रहेको कक्षा ११ को लब्धाङ्कपत्र क्याम्पस प्रशासनले अझै ल्याएको छैन । भक्तपुरस्थित उच्च मावि शिक्षा परिषद्ले भने एक महिनाअघि नै क्षेत्रीय कार्यालयलाई लब्धाङ्कपत्र पठाएको थियो तर लब्धाङ्कपत्र लिन क्याम्पसबाट कोही पनि नगएपछि विद्यार्थीहरु इन्टरनेटबाटै लब्धाङ्कपत्र ‘डाउनलोड’ गरेर फारम भर्न बाध्य भएका छन् । ‘निःशुल्क पाउनुपर्ने मार्कसिट समयमा नपाउँदा पैसा खर्च गरेर इन्टरनेटबाट डाउनलोड गर्नु परेको छ ।’ एक विद्यार्थीले भने ।परिषद्को विराटनगरस्थित क्षेत्रीय कार्यालयमा पुगेर पनि नपाएपछि दिक्क भएको विद्यार्थीहरुको भनाइ छ । व्यक्तिगत तवरमा विद्यार्थीलाई लब्धाङ्कपत्र दिन नमिल्ने भन्दै क्षेत्रीय कार्यालयले आफूहरुलाई फर्काइदिएको विद्यार्थीले बताए ।
परिषद्ले कक्षा ११ को परीक्षाफल गत पुस २९ गते सार्वजनिक गरेको थियो । पुरक परीक्षाफल सार्वजनिक भएको पनि तीन साता बितिसकेको छ ।
क्याम्पसले भने परिषद्को क्षेत्रीय कार्यालयले नै लब्धाङ्कपत्र नछापेको जिकिर गरेको छ । काठमाडौंबाट आइसके पनि आंशिकमा झण्झट देखिएकोले लब्धाङ्कपत्र नछापेको प्रतिक्रिया पाएको क्याम्पस प्रमुख नारद उप्रेतीले जनाए । उनले दुई दिनभित्र लब्धाङ्कपत्र दिने आश्वासन क्षेत्रीय कार्यालयबाट पाएकोले विद्यार्थीले दुई दिनभित्र लब्धाङ्कपत्र पाउने आशा व्यक्त गरे ।
With reference to Blast times Daily

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...