नगरपालिकाको वडा भएर पनि बिद्युत र सडकको पर्याप्त उपभोग गर्न नपाएका झापाको दमक १९ का बासिन्दाले गाउँमा नै सामुदायिक किराना पसल सञ्चालन गरेका छन् ।
पूर्व पश्चिम राजमार्गबाट करिव १० किलामिटर दक्षिणमा रहेको सेतुमारी गाउँका बासिन्दाले दैनिक उपभोग्य बस्तु गाउँमा नै सुलभा मुल्यमा उपलब्ध गराउने उद्देश्यले सो पसल शुरु गरेका हुन् । स्थानिय सगरमाथा टोल बिकास संस्थाले नगरपालिकाको गाउँ नगर साझेदारी कार्यक्रमबाट सुलभ ब्याजदरमा ऋण लिएर सो पसल सञ्चालन भएको हो । समितिका अध्यक्ष सिंहबहादुर देवानले नगरपालिकाबाट लिईएको ४० हजार रुपैयाँ ऋणबाट सो पसल शुरु गरिएको बताए । उनका अनुसार सो पसलमा दैनिक उपभोग्य बस्तु तेल, सलाई, साबुन लगायतका समान राखिएको छ । उनले भने- ‘एक डल्लो साबुन लिन पनि आधा घण्टाको बाटो धाएर जानु पर्थ्यो, सामुदायिक पसल शुरु भए पछि सो समस्या हटेको छ ।’ सो पसल एक वर्षअघि देखि सञ्चालनमा आएको हो । @ Purbeli Times
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...