तेह्रथुम/ बहुविवाह गरेको आरोपमा तेह्रथुमको म्याङ्लुङबाट प्रहरीले विवाह मण्डपबाटै आइतबार दुलहा–दुलहीसहित तीनजनालाई पक्राउ गरेको छ । मोरङको सिंहदेवी–४ का २६ वर्षीय दुलहा गोविन्द खड्का र दुलही म्याङ्लुङ–५ की २१ वर्षीया अस्मिता भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।
बिहान करिब साढे ८ बजे दुलहा–दुलही जग्गेमा बस्ने तयारी गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । खड्काकी जेठी पत्नी छविमाया खड्काले पतिले दोस्रो विवाह गरेको भन्दै उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । खड्काले गत मङ्सिर २७ गते अस्मितालाई म्याङ्लुङबाट भगाएर लगेका थिए । आपूm हुँदा–हुँदै अर्को विवाह गरेपछि छविमायाले कारवाहीका लागि मोरङको बेलबारी इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । भागेर गएकी छोरी र ज्वाइँलाई टीकाटालोका लागि बाबु–आमाले आइतबार म्याङ्लुङ बोलाएका थिए । दुलहा–दुलही र दुलहाका काका भीमबहादुर खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका असई राम खड्काले जानकारी दिए । तीनैजनालाई आवश्यक कारवाहीका लागि आइतबार नै बेलबारी इप्रका पठाइएको जिप्रकाले जनाएको छ ।
नेपालमा बहुविवाह गर्नेलाई १ देखि ३ वर्षसम्म कैद र ५ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना गर्ने कानुनी प्रावधान छ । @ ब्लाष्ट

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...