हिमाल आचार्य
२३ फाल्गुन मेचीनगर
नेपाल पिछडा वर्ग महासंघ झापाले विभिन्न सातवुदे माग समेटिएको ज्ञापन पत्र आज प्रधानमन्त्री झलनाथ खनाल समक्ष वुझाएको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री समक्ष वुझाइएको उक्त ज्ञापनपत्रमा ओपिसी उत्थान विकास समित,महासंघको सम्झौता विपरित भएकाले त्यसलाइ विघठन गरिनुपर्ने, नेपाल पिछडा वर्ग महासंघ भित्र पर्ने सर्व जातीलाई सुचिकृत गरीनुपर्ने, पिछडा वर्गलाई ३ प्रतिशत कृषि ऋणी उपलव्ध गराउनुपर्ने लगायतका माग समेटीएका छन ।
त्यस्तै ज्ञापन पत्रमा पिछडा वर्गका विधुवालाई विधुवा भएकै समयदेखि विधुवा भत्ता उपलव्ध गराउनुपर्ने, वृद्ध भत्ता दलित जनजाती सरह उपलव्ध गराउनुपर्ने , पिछडा वर्गका विद्यार्थीलाई विषेस छात्र वृत्तीको व्यवस्था गरीनुपर्ने र हरुवा चरुवा विद्यालयको व्यवस्था गरीनुपर्ने माग अघि सारीएको छ ।
महासंघका झापा जिल्ला अध्यक्ष दशरथ मुखिया र केन्द्रिय सदस्य यसोदा खातुनको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले उक्त ज्ञापन पत्र वुझाएको हो । सो टोली ज्ञापन पत्र वुझाउन चन्द्रगढी स्थित मेची रंगशालावाट नाराजुलुस सहित जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...