२४ फागुन, काठमाडौं । नेपाल टेलिकम र कतार टेलिकमबीच अन्तर आबद्धता कायम गरी सहुलियत दरमा अन्तर्राष्ट्रिय दूरसञ्चार सेवा सञ्चालन गर्ने विषयमा औपचारिक सम्झौता भएको छ ।

दुई कम्पनीबीच सिधा अन्तरआबद्धता स्थापित भएपछि नेपाल टेलिकमको नेटवर्कबाट कतारमा फोन गर्दा लाग्ने महसुल दर यही फागुन १ गतेदेखि परिमार्जन गरी प्रतिमिनेट रु.१२ कायम गरिएको थियो । यसअघि नेपालबाट कतारमा कुरा गर्दा महसुल दर प्रतिमिनेट रु.२० रहेको थियो । यो नयाँ व्यवस्थाबाट हाल कतारमा रहेका करिब चार लाख ६५ हजार नेपाली तथा उनीहरुका परिवार लाभान्वित भएका छन् ।
अन्तर आबद्धताको औपचारिक सम्झौता हुने अवसरमा कतार टेलिकमले त्यहाँबाट नेपालमा कुरा गर्न चाहनेहरुका लागि फागुन २३ र २४ गतेका लागि प्रतिमिनेट महसुल दर रु.नौ कायम गरेको थियो । रासस

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...