कोटीहोम

मन्दिरै मन्दिरले सिंगारिएको कोटीहोम क्षेत्र झापा जिल्लाको सुरुगां गाविस वार्ड नं. ४ मा अवस्थित छ । माई नदीको किनार र पुर्वपश्चिम राजमार्गसंगै रहेको छ । यस क्ष्ँेत्रमा कोटीहोम, कृष्ण मन्दिर, शिव मन्दिर, प्रणामी मन्दिर, दुर्गा मन्दिर रहनुका साथै वेद विद्याश्रम समेत रहेको छ । यहाँ असक्त वृद्धवृद्धाका लागि पनि वृद्धाश्रम रहेको छ । २०४२ साल पौष महिनामा योगी नरहरिनाथ यहाा आएर वहाँकै अगुवाईमा रहेको शिव पञ्चायन मन्दिरमा १ करोड गायत्री मन्त्र होम यज्ञ संचालन गराईएको थियो साथै ४ वेद १८ पुराण लगायत सबै धर्म गन्थ पाठ गराईए पछी पवित्र भुमीको रुपमा यो स्थान परिचीत भएको हो । २०४२ सालदेखि यस स्थानमा कन्काई गायत्री विद्यापिठ गुरुकुलको स्थापना भई संचालनमा रहेको छ । त्यसैगरी यहाँ २०४७ सालबाट बन्धु संस्थाको भवन बनाउन शुरुवात गरीएको छ । प्रत्येक १२ बर्षमा कुम्भ मेला संचालन गर्ने निर्णय गरी २०५४ सालमा प्रथम कुम्भ मेला सम्पन्न भएको छ । यहाँ वाषिृक ५ लख स्वदेशि तथा गंगाको पूर्वी शिर मानेर भारत, भुटानबाट समेत भक्तजनहरु आउने गरेका छन् । माघे सक्रान्ती, बोलबम, शिवरात्री, बालाचर्तुदशी, तीज, बुद्धपूर्णीमाका दिन अत्यधिक भक्तजनहरुको घुईचो हुने गरेको छ । यस क्षेत्रमा बन्धु समाजवाट २२ वटा भवनहरु बनइएका छन् । २०४२ सालमा योगी नरहरीनाथले ज्वलन गरेको अग्नी हाल पनि प्रज्वशिल रहेको छ । धार्मिक सहिष्णुताको नमुनाको रुपमा बौद्ध धर्मावलम्बिहरुको गुम्बा समेत रहेको छ । यहाँ विवाह व्रतबन्ध लगायतका कर्मकाण्डहरु सधै भैरहेका हुन्छन् ।

1 comment:

  1. पर्यटन बर्षको उपलक्षमा यसरी पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिने प्रयास राम्रो हो, तर लेख संगै सम्बन्धित स्थानको फोटो देख्न नपाउदा केहि खल्लो भयो; ....यस तर्फ ध्यानाकर्षण गराउन चाहान्छु ! -- Ganga Ram dahal

    ReplyDelete

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...