कन्काई माईको किनारामा अवस्थित चिल्लागढ पोखरीको ऐतिहासिकता अझै प्रष्ट भएको छैन तर त्यसमा किराँतहरुले आप्mनो पवित्र धामिृकस्थल भनी पूजाआजा गर्ने गरेका छन् । सतासीधाम गाविस वडा नं. ७ मा पर्ने चिल्लागढ पोखरी क्षेत्रलाई पाण्डवहरु बसोबास गरेको क्षेत्र र यज्ञ गरेको स्थान भनेर चिनिने गरिन्छ । यहाँ रहेको ऐतिहासिक पोखरी रिपरि शिव मन्दिर र कुटीहरु रहेका छन् । यो पोखरी महाभारत कालमा पाण्डवहरुले गाईबस्तुहरुलाई पानी खुवाउन र आपूmले स्नान गर्न बनाएको कुण्ड हो भन्ने किंवदन्ती रहेको पाईन्छ । एक विगाहा क्षेत्रफल ओगटेको यो चारकुने पोखरीको वरिपरि चारकुना बराबरी मिलाएर ६÷७ फिटको उचाईमा माटोको घेरा उठाएर किल्लाको स्वरुप दिईएको पाइन्छ । आजसम्म कहिल्यै नसुनेको भनि विश्वास गरिएको यो पोखरीमा कहिलेकाही बन्दुक पड्केको जस्तो आवाज आउने गर्दछ भन्ने भनाई रहेको समेत पाईन्छ । चिल्लागढ पोखरीमा सतासीधामको सिरान पहाडमा पाईएको विशाल शिवलिङ्ग समेत हालै स्थापित गरिएको छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...