विद्यालय सञ्चालन गर्न आर्थिक अभाव


हिमाल आचार्य 
२२ फाल्गनु ईट्टाभट्टा झापा पूर्वाञ्चलमै पहिलो पटक सञ्चालन हुन लागेको आवाससहितको पुनस्थाना केन्द्र तथा पिजियोथेरापिस सञ्चालनका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
निर्माणको अन्तिम चरणमा पुगेको अपाङ्ग आवासीय विद्यालय । तस्विर प्रकाश पौडेल 
समाज सेवा सुधार युवा संघ अपाङ्ग सहयोग समिति मेचीनगर झापाले आईतवार आयोजना गरेको कार्यक्रम समितिका अध्यक्ष धर्मराज घिमिरेको सभापतित्वमा सम्पन्न भएको थियो । राजनैतिक दल, स्थानीयवासी र सञ्चारकर्मीहरुले सो पुनस्थापना केन्द्र सञ्चालनका लागि आ–आफ्नो क्षेत्रबाट उल्लेखनिय रुपमा सहयोग पुर्याउने प्रतिवद्धता व्यक्त गरे । 
सो विद्यालय आगामी शैक्षिक सत्रदेखि सञ्चालनमा आउने अध्यक्ष धर्मराज घिमिरेले बताए । भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको र शिक्षण गर्न चाहिन प्राविधिक सामाग्रीहरु विशेष गरी फिजियोथेरापिस मेसिन जुटाउन समस्या परेको उनले बताए ।
कार्यक्रममा बालकृष्ण उप्रेती, गंगा संग्रौला, मणी उप्रती, गोपाल बुढाथोकी लगायतले विद्यालय सञ्चालनमा सबैले आ(आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।
मेचीनगरको इटाभट्टामा सञ्चालन हुने उक्त विद्यालयमा पहिलो चरणमा १४ वर्ष मुनिका ५० जना विद्यार्थी रहने बताइएको छ । यसअघि विद्यालय सञ्चालन सहयोगका लागि श्रीमद भागवत महापुराण सञ्चालन समेत गरिएको थियो । तर अपेक्षा अनुसार अनुमानित लागत नउठेपछि विद्यालय सञ्चालन गर्न आर्थिक रुपमा निकै कठिनाई रहेको संघका उपाध्यक्ष गंगा संग्रौलाले बताए । 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...