धरान/ खम्बुवान राष्ट्रिय मोर्चाले एकताको महाधिवेशन गरेलगत्तै डेढ दर्जन नेता मोर्चाबाट बाहिरिएका छन् ।
महाधिवेशन संयोजक नगेन्द्रराज खाम्ले खम्बूसहित १६ जना नेता–कार्यकर्ता भर्खरै सम्पन्न महाधिवेशनप्रति असन्तुष्टि जनाउँदै मार्चाबाट बाहिरिएका हुन् । महाधिवेशनमा प्रस्तुत प्रतिवेदनप्रति उनीहरुले असन्तुष्टि जनाएका हुन् ।
असन्तुष्टि जनाउँदै बाहिरिने खम्बुवान नेताहरुमा उत्तरमान खिम्दुङ, कुशराज खम्बू, बबिता खिम्दुङ, दुर्गा खम्बू, सुवर्णशमसेर खम्बू, किरण खिम्दुङ, राम याक्खा, उषा खम्बू, थामबहादुर खम्बू, राजकुमार लिम्बू, खगेन्द्रप्रसाद खम्बू, सन्तोष खिम्दुङ, रेणुका खम्बू र मछिन्द्र खम्बू छन् ।
मोर्चाले यही फागुन २१ देखि २३ गतेसम्म धरानमै एकताको महाधिवेशन सम्पन्न गरेको थियो । एकताको महाधिवेशन भनिए पनि इन्द्रहाङ खम्बूले खम्बुवान डेमोक्रेटिक फ्रन्ट छाडेर खम्बुवान स्वायत्त राज्य परिषद् गठन गरेपछि केही मोर्चामै आबद्ध नेता पनि परिषद्तिर लागेका छन् ।@ ब्लाष्ट

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...