हिमाल आचार्य
चैत १/ झापाको सुरुङ्गा मा अज्ञात समुहले प्रहार गरेको गोली र छुरा वाट व्यापारी घाइते भएका छन ।
अज्ञात समुहले प्रहार गरेको गोली र छुरा वाट झापाको सुरुङ्गामा दुई जना व्यापारी बावु–छोरा घाइते भएका छन् ।
गयराती १२ वजे नकाब लगाएर आएका १०÷१२ जनाको समुहले प्रहार गरेको गोली लागि सुरुङ्गा–५ का ५५ वर्षीय हरि अग्रवाल र उनका छोरा २७ वर्षीय विजय अग्रवाल घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सुरुङ्गाका पुराना व्यापारी हरिको पेटमा गोली लागेको छ भने विजय छुरा प्रहारवाट घाइते वनेका हुन ।घाइते दुवैको धरान स्थित विपि कोइराला स्वस्थ्य विज्ञान प्रतिस्ठानमा उपचार भइरहेको छ । घटनास्थलवाट प्रहरीले एक थाना छुार वरामद गरेको छ भने घटनामा संलग्न समुहको पहिचान हुन सकेको छैन ।
घरको चेन गेटको ताला काटी भित्र पसेको समुहले अग्रवाल माथि गोली र छुरा प्रहार गरेको वताइएको छ ।


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...