दुर्घटना घटाउन पुराण


‘यो ठाउँमा दिनैजस्तो दुर्घटना हुन्थ्यो ।’ मोरङको लक्ष्मीमार्गस्थित चिसाङ भाङबारी केशलिया पुलनजिकको सडकखण्ड देखाउँदै स्थानीय खगेन्द्र गौतमले भने, ‘हातखुट्टा छरपष्ट हुनेगरी मानिस मर्थे ।’
हप्तैपिच्छे कोही न कोही सडक दुर्घटनामा परेको तथा मृत्यु भएको सुन्नुपर्ने अवस्थालाई समाधान गर्न स्थानीयहरू मन्दिर बनाउन जुटे । दैवीशक्तिको कारण दुर्घटना र मानिस मर्ने क्रम बढेको अनुमान स्थानीयको थियो । दुर्घटना बढेपछि गत वर्ष पुराणमार्फत् रकम सङ्कलन गरी मन्दिर बनाए । ‘मन्दिर बनाएपछि दुर्घटना निकै कम भएको छ ।’ मन्दिर निर्माण समितिका अध्यक्षसमेत रहेका गौतमले भने ।
उनकाअनुसार मन्दिर बनाएपछि सो ठाउँमा सानातिनाबाहेक मानिसको ज्यान नै जानेगरी दुर्घटना भएको छैन । अघिल्ला वर्षहरूमा महिनामा कम्तिमा एकजनाको मृत्यु हुनेगरी दुर्घटना हुने सो स्थानमा मन्दिर बनाएदेखि दुर्घटनाबाट कसैको पनि ज्यान नगएको स्थानीयको भनाइ छ । सवारी साधनहरूको सङ्ख्यामा निरन्तर वृद्धि तथा चालकहरूको लापरवाहीका कारण सडक दुर्घटना बढिरहेको छ । दुर्घटना घटाउन ट्राफिक प्रहरीले ठाउँ– ठाउँमा हम्प्स राख्ने गरेका छन् भने कतिपय स्थानमा प्रहरीहरू ठूलो सङ्ख्यामा परिचालित हुने गरेका छन् ।
तर, डाँगीहाट–५ स्थित लक्ष्मीमार्गमा भने दुर्घटना न्यूनीकरणको लागि पुराण लगाइएको छ । पछिल्ला पाँच वर्षको अवधिमा ६३ जनाको ज्यान जानेगरी सो स्थानमा सवारी दुर्घटना भएको स्थानीय बताउँछन् ।
पुराणको मुख्य मण्डपअगाडि कलशमा दुर्घटनामा परी ज्यान गुमाएकाहरूको तस्विर पनि राखिएको छ । मन्दिर बनाउन सहयोग गर्ने सबैलाई सम्मान गर्ने गरिएको आयोजकले बताएको छ । 
With reference to blast times daily


No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...