नोकियाले माइक्रोसफ्ट विन्डोज फोन ७ प्रयोग गर्ने


योगेश खतिवडा
उपभोक्ता डेक्सटप, ल्यापटप हुँदै स्मार्ट फोन र ट्याब्लेटतिर लम्केको बेला अपरेटिङ स्टिम विकास गर्ने कम्पनीबीच वायरलेस उपकरणको अपरेटिङ स्टिममा प्रभुत्व जमाउन प्रतिस्धर्पा बढेको छ । डेक्सटप र ल्यापटपमा उच्च बजार हिस्सा ओगटे पनि मोबाइल र ट्याब्लेटमा पछि परेको माइक्रोसपmट यस दौडमा उत्रिएको छ ।
विश्वको लोकपि्रय मोबाइल कम्पनी नोकियाले माइक्रोसपmटको अपरेटिङ सिस्टममा स्मार्टफोन ल्याउने सम्झौता माइक्रोसफ्टसँग गरेको छ । नोकियाले आपmनो स्मार्ट फोनमा माइक्रोसपmको विन्डोज फोन ७ गर्ने भएको हो ।
मोबाइल वल्र्ड कंग्रेसले आयोजना गरेको मोबाइल मेलाको पहिलो दिन सोमबार एक सभाका प्रमुख वक्ता माइक्रोसपmटका प्रमुख कार्यकारी अधिकृत स्टेभ बाल्मर नोकियाले माइक्रोसफ्टको विन्डोज फोन प्रयोग गर्ने सम्झौता भएको बताए । मेलामा विश्वभरका मोबाइल सेवासँग सम्बन्धित ठूला कम्पनीको सहभागिता रहेको थियो ।  
बाल्मरले नोकियासँगको सम्झौतापछि कम्पनीले स्मार्ट फोनको अपरेटिङ सफ्टवेयरलाई अझै स्तरोन्नति गर्ने समेत जानकारी दिए । 'नोकियाले माइक्रोसपmटको अपरेटिङ स्टिमबाट स्मार्टफोन ल्याउने कुरा मोबाइल सेवा प्रदायक कम्पनी, सफ्टवेयर विकासकर्ता र उपभोक्ता सबैका लागि सुखद समाचार हो,' उनले भने ।
बायरलेस सेवा प्रयोग गर्नेको संख्या लगातार बढिरहेको अवस्थामा माइक्रोसफ्ट वायरलेसमा पनि महत्त्वपूर्ण हिस्सा जमाउने लागेको बताइएको छ । तर एक वर्षअघि सार्वजनिक गरिएको विन्डोज फोन ७ ले उपभोक्ताबाट धेरै राम्रो प्रतिक्रिया
पाएको छैन ।
'हामीले धेरै राम्रो सुरुवात गर्नुपर्छ,' अपरेटिङ स्टिमलाई अझै राम्रो बनाउने संकेत गर्दै उनले भने, 'त्यसका लागि धेरै गर्नुपर्छ । काम गर्ने ऊर्जा, आशाका साथै अवसर चिन्ने ज्ञान माइक्रोसपmटमा छ ।' माइक्रोसपmट विन्डोज फोन ७ प्रयोगपछि नोकियाले धेरै राम्रो सेवा ल्याउन सक्ने उनको दाबी थियो ।
नोकियाले सन् २०११ भित्र माइक्रोसपmटको अपरेटिङ सिस्टम भएको स्मार्ट मोबाइल फोन बजारमा ल्याउने तयारी गरेको छ । डेक्सटप र ल्यापटपको अपरेटिङ स्टिमको बजारमा कब्जा जमाएको माइक्रोसफ्टले नोकियासँग गरेको यो सम्झौताले माइक्रोसपmट स्मार्ट फोन र ट्याब्लेटको बजारमा पनि प्रभुत्व जमाउन लागेको बताइएको छ ।
अहिले स्मार्ट फोन र ट्याब्लेटमा सबैभन्दा बढी गुगलले बनाएको एन्ड्रोइड र एप्पलको आइओएस अपरेटिङ सिस्टम धेरै प्रयोग भइरहेको छ ।
कार्यक्रममा नोकियाका प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष स्टेफेन इलोपले आफ्नो कम्पनीले गुगलको एन्ड्रोइड नभई माइक्रोसपmटको मोबाइल अपरेटिङ सिस्टम प्रयोग गर्न लागेको बताए । 'नोकियाले माइक्रोसफ्टको सफट्वेयर प्रयोग गरेको पैसा तिर्छ,' उनले भने, 'यसबाट नोकियाले सञ्चालन खर्च कम गरी नयाँ आम्दानी
गर्नेछ । यो दस लाखमा नभई करोडौं
डलरमा हुनेछ ।' सन् २०१० यता उपभोक्ता ल्यापटप र डेक्सटपभन्दा स्मार्ट फोन र ट्याब्लेटमा बढी आकषिर्त भएका छन् । जसको कारण अपरेटिङ सफ्टवेयर बनाउने कम्पनीहरू पनि यसमा आकषिर्त भएका हुन् ।
अमरेकी अखबार न्युयोर्क टाइम्सले सन् २०१० मा ट्याब्लेट वर्ष भनेको छ । त्यस वर्ष एप्पलको आइप्याड, मोटोरोलाको जुम, एचपीको स्लेट, डेलको स्टि्रम, ब्ल्याकबेरीको प्लेबुक, सामसुङ ग्यालेक्सीले प्रविधिको क्षेत्रमा चर्चा पाए । यसमा मोटोरोला, डेल र सामसुङले एन्ड्रोइड अपरेटिङ स्टिम प्रयोग गरेका छन् । आइप्याडले आफ्नै अपरेटिङ सिस्टम आइओएस प्रयोग गरेको छ । यस्तै प्लेबुकले ब्ल्याकबेरी ट्याब्लेट ओसी अपरेटिङ स्टिम प्रयोग गरेको छ र एचपी स्लेटमा विन्डोज फोन ७ प्रयोग भएको छ । @ ekantipur

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...