महाविर पुनको जीवन भोगाई


सुखी र सुशिक्षित जिन्दगीको खोजीमा किशोर बेलाको कुनै एकदिन चटक्क छोडेर हिँडेको गाउँमा वर्षौंपछि शिक्षा, सीप र आत्मविश्वास बोकेर फर्कंदा म एकैछिन झ्स्किएको थिएँ । त्यत्रो समयको अन्तरालमा पनि संसारमा आएको परिवर्तनको ज्यादै मिहिन अंश मात्र मेरो गाउँसम्म आइपुगेको थियो । म पढेको स्कूल अझ्ै माध्यमिक हुनसकेको थिएन । गाउँ छाड्नेहरूको लर्को उस्तै थियो । जसरी म सानै छँदा पल्लो डाँडापारि के होला, कुन संसार होला भनेर गम खान्थेँ, गाउँका केटाकेटीका आँखामा मैले त्यही उत्सुकता देखेँ । विशाल पहाड जहाँको त्यहीँ थिए । बाटो, बत्ती, बिजुली, टेलिफोन जस्ता कुनै पनि सुविधा पुग्न सकेका थिएनन् । पहाडी जिन्दगी भनेको खाली पहाडहरूसँगको लडाइँ हो कि जस्तो लाग्थ्यो ।
“प्रकृतिका पहरेदार विशाल पहाडहरुसँग जोरी खोज्ने सामथ्र्य मसँग थिएन, त्यसैले पहाडलाई सजिलै नाध्न सक्ने प्रविधि मैले खोज्नुप¥यो । त्यही खोजीका क्रममा बेतारे प्रविधिलाई प्रयोग गरेर गाउँघरमा इन्टरनेट ल्याउने कामको परीक्षण गरियो । आज मेरो गाउँबाट एक कल फोन या एउटा चिठी एउटा औलाको थिचाइमै टुङ्गोमा पुग्छन;् पहिले झंै सात– सात घण्टाको यात्रा तय गर्नुपदर्नै ।”
अमेरिकन डिग्री हातमा लिएर गाउँ छिरेको मैले गाउँलाई नै कर्मथलो बनाएर ती चुनौतीका पहाडहरूसँग जुध्ने निर्णय लिएँ । शुरुमा गाउँको विद्यालयलाई माध्यमिक बनाएर गाउँमा अर्थोपार्जनका लागि विकल्पको खोजी गर्दै जाँदा एउटा समस्या टड्कारो देखियो । त्यो समस्या थियो गाउँगाउँबीच सञ्चारको अभाव । एक गाउँको बोली अर्को गाउँसम्म पुग्न त ती पहाडले छेक्थे भने, बाहिरी संसारसँगको सम्बन्ध त असम्भव नै थियो । म आफैं पनि हरेक महिना सात–सात घन्टाको यात्रा तय गरेर पोखरा आइपुग्थेँ, इमेल चेक गर्न । प्रकृतिका पहरेदार विशाल पहाडहरूसँग जोरी खोज्ने सामथ्र्य मसँग थिएन, त्यसैले पहाडलाई सजिलै नाघ्न सक्ने प्रविधि मैले खोज्नुप¥यो । त्यही खोजीका क्रममा बेतारे प्रविधिलाई प्रयोग गरेर गाउँघरमा इन्टरनेट ल्याउने कामको परीक्षण गरियो । कैयौं समस्याका बाबजुद पनि मैले सम्भावनाका झ्ल्किाहरू देखेँ । चुनौतीलाई मैले हाँसी हाँसी व्यहोरेँ । दौडधूप गरेर साधनस्रोत जुटाएँ । आखिरमा परीक्षण सफल भयो ।
मेरो प्रयास र सबैको सहयोगले बेतारे प्रविधिबाट केही गाउँहरू इन्टरनेटमा जोडिए । परिणामः आज मेरो गाउँबाट एक कल फोन या एउटा चिठी एउटा औंलाको थिचाइमै टुङ्गोमा पुग्छन्; पहिले झ्ैं सात–सात घण्टाको यात्रा तय गर्नुपर्दैन । प्रविधिको यो वरदानका कारण आज हाम्रो ग्रामीण पहाडी जिन्दगी सजिलोतर्फको यात्रामा लम्किरहेको छ । र, यही लम्काइ नै मेरो विश्वासको आकार, दृश्य
र फेहरिस्त हो ।
मलाई लाग्छ, हरेक मान्छे आफ्नो जिन्दगी आफ्नो हिसाबले बाँच्छ । बाँच्नका लागि कसैले के गर्छ, कसैले के गर्छ, कुरा यत्ति हो जसले जे गर्छ त्यसमा उसको मन र दिमाग दुवै खुसी हुनुपर्छ । र, म
जे गरिरहेको छु मेरो आत्मसन्तुष्टिका लागि नै गरिरहेको छु । देख्नेलाई मेरो जिन्दगी अनौठो लाग्न सक्छ । परिवार चितवन र पोखरामा; आफूचाहिँ गाउँगाउँमा घुमिरहने न पैसा कमाएँ, न कुनै
पद । तर यो बेतारे इन्टरनेट प्रविधिले गाउँगाउँमा सञ्चार, शिक्षा र स्वास्थ्यको क्षेत्रमा जति योगदान दिइरहेको छ, सायद त्यसले मेरो अनौठो जिन्दगीको सार्थकता झ्ल्काउँछ । यो प्रविधिलाई नेपालको हरेक
गाउँमा पु¥याउने मेरो लक्ष्य छ । मैले प्रविधिमाथि विश्वास यत्तिकै गरिरहेको छैन । त्यो प्रविधिले गाउँहरूलाई साँच्चै मद्दत गरेको छ ।
त्यहाँका मानिसको दैनिक जीवन हिजोभन्दा बढी सहज भएको छ । त्यसैले म यो ताररहित प्रविधिमा विश्वास गर्छु, जसले जीवनलाई सहज र सरल बनाउन सक्ने सामथ्र्य राखेको छ ।

एन्टेना फाउन्डेसनले तयार पारेको मेरो जिन्दगी मेरो विश्वाको ईपेपरबाट जस्ताको तस्तै साभार गरिएको । सम्पादक । 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...