'प्रहरीकै मिलेमतोमा तस्करी’


पूर्वी नाकाबाट प्रहरीकै मिलेमतोमा चोरी पैठारी हुने गरेको खुलेको छ । राजस्व अनुसन्धान पूर्वाञ्चल इकाईका प्रमुख दुर्गाप्रसाद आचार्यले तयार पारेको प्रतिवेदनमा यस क्षेत्रका नाकाबाट ठूलो मात्रामा तस्करी भइरहेको उल्लेख छ ।

मेची पुलको दक्षिाणपट्ट रहने सशस्त्र प्रहरीको गस्तीलाई तस्करले आर्थिक प्रलोभनमा पारेर दैनिक लाखौंका सामान भित्रयाउने गरेको प्रतिवेदनमा जनाइएको छ । 'सशस्त्रकै सामुन्ने व्यापक तस्करी भइरहेको छ,' प्रतिवेदनमा भनिएको छ, 'सुरक्षाकर्मी मौनता साँधेर बसेका छन् ।' 

कांग्रेसका स्थानीय नेता दुर्गा सापकोटाका अनुसार मेची पुल नजिकको सशस्त्र चेकप्याइन्टबाटै तस्करी हुने गरेको छ । उनले भने, 'साँझ परेपछि प्रहरीले नै सामान कटाउन सहयोग गर्छन् ।' काँकडभिट्टा, नकलबन्दा, बाहुनडाँगी, भद्रपुर र झापा छोटी भन्सारबाट अत्यधिक तस्करी हुने गरेको प्रतिवेदनमा दाबी गरिएको छ ।  

मेची भन्सार मातहतका नकलबन्दा र बाहुनडाँगी छोटी भन्सार क्षेत्रबाट नयाँ बाटो तय गरी लत्ताकपडा, चिनी, मसलाजस्ता वस्तुहरूको चोरी निकासी भइरहेको छ । सुपारी तथा चीनमा उत्पादित वस्तुहरू दैनिक १२ देखि १६ वटा साना म्याजिक गाडीबाट सीमा क्ष्ाेत्रमा पुर्‍याई चोरी निकासी हुने गरेको राजस्व अनुसन्धान पूर्वाञ्चल इकाईका प्रमुख आचार्यले दाबी गरे । 

च्ाोरी पैठारीमा म्याजिक भ्यानका साथै यात्रु बस तथा ट्रकहरूको  संलग्नता पाइएको छ । आचार्यले केही सवारीको नम्बरै तोकेर चोरी पैठारीमा संलग्नता रहेको पुष्टि गरेका छन् । मे१ख ११२५, १११०, १२३९, १०५५, ७९० लगायत करिब १५ भन्दा बढी म्याजिक भ्यान तथा मिनी ट्रकहरूको अवैध तस्करीमा संलग्नता रहेको पाइएको छ । काँकडभिट्टाको भान्सा खोला, साठी बिघे र मेची डाँडाबाट राजमार्ग हुँदै बिर्तामोड, दमक, पथरी, इटहरी र धरानसम्म अवैध सामान पुर्‍याउँदा यी सवारीको अत्यधिक प्रयोग भएको पाइएको छ । 

सामानको एकपटक भन्सार काट्ने र त्यही प्रज्ञापनपत्र बारम्बार उपयोग गरेर चोरीको सामान सोझै जहाजमार्फत राजधानी पुर्‍याउने एउटा गिरोह नै सक्रिय रहेको प्रतिवेदनमा जनाइएको छ । यो काम भन्सार कर्मचारी र प्रहरीको मिलेमतोमै हुने गरेको दाबी गरिएको छ  । 

झापाको धूलाबारीमा हालै आयोजित एक कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी शशीशेखर श्रेष्ठले तस्करीका कारण पूर्वी नाकाले बद्नामी कमाएको बताएका थिए । झुक्किएर त्यहाँ पुग्दासमेत लाजमर्दो अवस्था हुने उनको भनाइ थियो ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...