अमर खड्का, इटहरी, माघ २३- एमाले र कङ्ग्रेसका युवाबीच झडप भएपछि इटहरी तनावग्रस्त बनेको छ। नेपाली कङ्ग्रेसका नगर सभापति हेमकर्ण पौडेलमाथि हिजो साँझ एमाले भ्रातृ सङ्गठन युवा सङ्घका रुपेश बजगाईंले गरेको हातपातको विरोधमा नेविसङ्घले आज बिहान १ घण्टा चक्काजाम गर्ने क्रममा गोली चलेपछि तनाव सुरु भएको थियो।विकास चोकनजिकैबाट केही राउन्ड गोली चलेको थियो।
नेविसङ्घका विद्यार्थी पनि तरवारसहित उत्तेजितरुपमा अगाडि बढेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन केही राउन्ड हवाई फायर गरेको थियो। तनावका कारण त्यहाँको बजार, यातायात बन्द भएको छ। बजगाईं एक महिनाअघि मात्रै कङ्ग्रेसबाट एमाले प्रवेश गरेका थिए।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...