नेपाल टेलिभिजनको रियालीटि सो छमछमीको उपाधी हात पार्न सफल भएकी झापा विर्तामोडकी अनुजा अग्रवाल अहिले निकै चर्चित भएकी छिन् । मारवाडी समुदायमा महिलालाई घरबाट बाहिर निस्कन नदिने पुरानो प्रचलनलाई उनले तोडेकी छिन् । अहिले अनुजाको नाम नसुन्ने मान्छे भेट्न नै गाह्रो हुन्छ । यही सन्दर्भमा छमछमि विजेता अनुजा अग्रवालसँग मेचीनगर अनलाईनको लागि अशोक अधिकारीले गरेको कुराकानी ।
केमा व्यस्त हुनुहुन्छ ?
– विभिन्न ठाउँबाट सम्मान ग्रहण गर्दै र प्रस्तुति दिँदै व्यस्त छु ।
छमछमीमा विजेता बन्ने विश्वास थियो ?
– म यसअघिका चरणहरुमा ‘डेन्जर जोन’मा पर्दै आएको थिएँ । अरुको भोट राम्रो थियो तर कन्फिडेन्स थिएँ जित्छु भनेर ।
अबको योजना के छ ?
– तालिम लिनु छ । छमछमीको टाइटल पाएपछि त्यो मेरो प्रतिभाले नै पाएको हो भनेर प्रमाणित गर्नु छ । मैले धेरै जिम्मेवारी पाएकी छु । म ग्रामीण क्षेत्रका प्रतिभाहरुलाई अगाडि ल्याउन र आफ्नो करिअर बनाउन लाग्छु ।
जीतको रहस्य ?
– कन्फिडेन्स । कन्फिडेन्स भएपछि जितँ ।
नृत्य क्षेत्रको विकासका लागि के गर्नुपर्छ ?
– उत्कृष्ट शिक्षक ल्याएर नृत्य सिकाउनु पर्छ । सरकारले नै यो क्षेत्रमा लगानी गर्नु पर्छ । आर्थिक सहयोग गर्नु पर्छ ।
विभिन्न ठाउ“का प्रतियोगीलाई भेट्दा कस्तो लाग्यो ?
– नयाँ कुरा सिकेँ । सुदुरपश्चिमको ‘छलिया’ नृत्य मलाई सिक्ने अवसर मिल्यो ।
आफूमा कस्तो फरक पाउनुभयो ?
– नृत्यको बारेमा धेरै कुरा सिक्ने अवसर मिल्यो यसले गर्दा आफूमा परिपक्वताको महसुस गरेँ ।
जीतपछि कस्तो प्रतिक्रिया पाउनु भयो ?
– सबैको हौसला पाइरहेकी छु । ‘लाइभ’ गर्दा पनि सबैको सहयोग पाएकी थिएँ ।
जीतपछि प्रेम प्रस्ताव आयो कि आएन ?
– आएको थियो तर, वास्ता नगरी सम्झाएर पठाएँ ।
सफल मान्छे हुन के गर्नुपर्छ ?
– समयको ख्याल गर्नुपर्छ अनि मेहनत पनि ।
काठमाडौं र मोफसलमा कस्तो फरक पाउनु भयो ?
– काठमाडौं सुविधा सम्पन्न छ । त्यतिले मात्र अगाडि देखिएको हो । मोफसलमा पनि प्रतिभाको कमी छैन ।
देशमा शान्ति स्थापना गर्न के गर्नु पर्छ ?
– सबैमा परिपक्वता आउनु पर्छ । एकीकृत हुने हो भने शत्रु पनि डराउँछन् । देश शान्तिको दिशातर्फ अग्रसर हुन्छ ।
अन्त्यमा ?
– सर्वप्रथम त मलाई जिताउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद । आफ्नो प्रतिभा सबैले चिनौं । आफू अगाडि बढे कसैले रोक्न सक्दैन ।


सरकारले नै यो क्षेत्रमा लगानी गर्नु पर्छ । आर्थिक सहयोग गर्नु पर्छ ।
ReplyDelete