बग्दै गरेको बालकको उद्धार


उद्धारपछि बालकसँग राजवंशी । तस्विर प्रकाश पौडेल/मेचीनगर अनलाईन
दोमुखा २४ माघ । माईखोलामा बगिरहेको अवस्थामा एकजना बालकलाई उद्धार गरिएको छ ।
दुधे बाट दोमुखा मावल आएका ७ वर्षिय नुनम लिम्वूलाई पानीलाई खेल्दै गरेको अवस्थामा खोलाले बगाएको थियो । नेपाली कथानक चलचित्र सुनको बिहानी सुटिङ हुँदै गर्दा दिउँसो २ ः३० बजेतिर प्राविधिक सन्तोष राजवंशीले उनलाई बचाएका हुन् । बालक बग्दै गरेको देखेपछि राजवंशीले १० फिटको अग्लो घिरिङबाट हामफाली बचाउन सफल भएका हुन् । सो बच्चालाई परिवारजनसंग जिम्मा लगाईसकिएको प्रत्यक्षदर्शी पत्रकार प्रकाश पौडेल ले जनाएका छन् । 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...