तीन महिनामै कालोपत्रे सडक भत्कियो


चन्द्र कार्की फाल्गुन १५
सडक कालोपत्रे गर्दा कम्पनीले कम गुणस्तरको निर्माण सामग्री प्रयोग गरेका कारण कालो पत्रे गरेको तीन महिना नबित्दै सडक भत्किएको छ । 

यो सडक खण्डको २५ किलोमिटरभन्दा बढी बोखिम कन्ट्रक्सनले ओटासिल प्रविधिबाट कालोपत्रे गर्ने जिम्मा लिएको थियो । यो प्रवियिधबाट सडक कालो पत्रे गर्दा कम खर्च लाग्ने, कम समयमा काम सकिने र लामो समयसम्म टिकाउ हुने बताए पनि बनेको तीन महिना बित्न नपाउँदै भत्केको छ । 

वसन्तपुर, चित्रे, मुढेशनिश्चरे लगायतका स्थानमा कार्यालय राखेर सडक कालोपत्रे गर्दै आएको ठेकेदार कम्पनी काम पूरा भएको भन्दै हिँडेको हो । यो सडकको इन्जिनियरिङ पक्ष हेर्दै आएको आरएनडिपी समेत यसअघि नै आफ्नो कार्यालय उठाएर हिंडिसकेको छ । 

सन् २००६ को मे महिना अघि नै काम सकिसक्नुपर्ने ठेकेदार कम्पनीले अहिले सम्म पनि काम नै नसकी बेपत्ता भएको छ । करिब २० करोड रुपैयाँको लागतमा कालोपत्रे गर्न सुरु गरिएको यो सडकमा कालोपत्रे गरिसकेकै स्थानमा ठूल्ठूला खाडल परेका छन् । सडकको अधिकांश स्थानमा खाडल परेर धुलो उडिरहेको कोसी बस व्यवसायी संघ तेह्रथुम शाखाका इन्चार्ज दयाराम ढकालले बताए । सडक विभागले समेत सडकमा लापरबाही भएकोवारे कुनै अनुगमन तथा निरीक्षण गरेको छैन ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...