के सोचे पहिले के भयो अहिले?

एमाओवादीका सक्रिय कार्यकर्ता, समर्थक र शुभ चिन्तकहरू आजभोलि यस्तै भन्न र सोच्न थालेका छन्। तिनले पहिले जे सुन्दर सपनाहरू देखे, अहिले नेताहरूको चालाढालाले निराश हुनुपर्ने अवस्था आएको छ। एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले होनाहार युवा नेता भनेर आफ्नो सवैभन्दा निकट राखेर काम लगाइ राखेका वर्षमान पुनले "......लाई भन्दा देख्नेलाई लाजु भन्ने जस्तो व्यवहार देखाए। उनीहरूले भन्ने गरेका 'बुुर्जुवा र भ्रष्ट नेता' भनिनेहरूले समेत गर्न लाज मान्ने गरी राष्ट्रको सम्पत्तिको दुरुपयोग फजुल खर्च गरेर ढोंग देखाए। अति विपन्न परिवारका बच्चाहरू पढ्ने राजधानीबाट ६० किमि भन्दा पनि कम दूरीमा रहेको मोटर चल्ने एउटा सामुदायिक विद्यालयको वार्षिकोत्सव मनाउन पुनले राज्यको ढुकुटीको दुरुपयोग गरी हेलिकोप्टरको शयर गरेर पुगे। एकताका माओवादीका अध्यक्ष प्रचण्डका उत्तराधिकारी भनेर प्रचारित रविन्द्र श्रेष्ठ आफूभन्दा आधा उमेर कान्छी कार्यकर्तासँग बहुविवाह गरी सामाजिक अपराध गरेर कम्युनिष्ट नेता र दलहरूलाई समेत कलंकित पार्ने काम गरे। वर्षमान पुनलाई उत्तराधिकारीको रुपमा उभ्याउन खोजेपछि रविन्द्र रिसाएर एमालेमा हाम फालेको कुरा एमाओवादी भित्रै चर्चा अहिले पनि सेलाएको छैन। एमाओवादीको चर्को विरोध गर्ने भएकाले रविन्द्रलाई साथ लिएर एमाओवादीलाई साइजमा राख्न खोज्ने एमाले नेताहरूको कमजोर मानसिकता अहिले आएर राम्रैसित प्रदर्शित भयो। उनी मन्त्री बनेपछि आफ्नो हैसियत विर्सिएर अकुत सम्पत्ति आर्जन गरेको एमाले कर्मचारी र कार्यकर्ताहरू बताउने गर्छन्। भर्खरै घटेका यी दुई युवा नेताहरूको भ्रष्ट चरित्रले प्रचण्डको समेत कार्य क्षमता र कार्यशैलीलाई दर्शाउछ। यी यस्तै कुरा पछि पछि पनि लेख्दै गरौंला। आज मलाई वर्षमान पुनको हेलिकोप्टर यात्राको वारेमा केही लेख्न मन लागेको छ। नेपालमा कम्युनिष्टहरूको असमानता र विसंगतिका विरुद्ध लडेर नै लोकप्रिय बनेका हुन्। उनीहरूले जनतामा संगठन गर्ने क्रममा असमानताका विरुद्ध प्रशिक्षण दिन्थे गीत गाउँथे। नेपाली कम्युनिष्ट आन्दोलनको क्रममा असाध्यै लोकप्रिय बनेको थियो( यो एउटा गीत '....कोही त भने जहाजमा हरर कोही त भने पसिना तरर हाम्रो नेपालमा' भारी बोकेर, खेती किसानी गरेर पढाई रहेका अभिभावक ती गरिव अभिभावक र अर्धकुपोषणले निन्याउरो मुख भएका ती स्कुले बालकहरूले हेलिकोप्टरबाट झरेर उपदेशमूलक वर्षमान वाणीलाई कति बुझे होला के ठाने होलान्? वर्षमान पुन शक्ति र सुविधाका लागि निकै क्रेजी छन् भनेर एमाओवादीमा मात्र होइन बाहिर पनि चर्चा हुने गर्दछ। उनका वारेमा धेरै सकारात्मक विषय लेख्दै गर्दा कतिपय बेलामा विसंगति पनि लेख्न वाध्य हुनुपर्छ। जनता, पार्टी प्रमुख नेताले अपेक्षा गरेका व्यक्ति सच्चिउन भनेर रचनात्मक आलोचना गर्दा मलाई बेला(बेलामा फोन गरेर ''मेरो आलोचना काल्पनिक भयो 'साँघु' ले कति लेख्यो, के लेख्यो मैले एक एक फाइल गरेर राखेको छु'' भन्छन्। सार्वजनिक क्षेत्रमा काम गर्ने, जनताको सेवा गर्छु भन्नेले सकेसम्म जन आलोचनाबाट जोगिने गरी व्यवहार गर्नुपर्छ। गल्ती गर्दा हुने आलोचनाबाट रिसाउने, आक्रोश पोख्ने गर्नु हुँदैन। आदर्शको राजनीति गर्नेहरूले आदर्शको जीवन गुजार्ने कोशिस पनि गर्नुपर्छ। पुन कमरेडलाई रिझाउन मजदुर नेताहरूले पाँचतारे होटलहरूबाट खाना र नास्ता निवासमा पुर्याशउने गरेको चर्चा पनि नसुनिएका होइनन्। सांसद पुन आफै र आफ्नो परिवारलाई लिएर लञ्च डिनरका लागि पाँचतारे होटलहरूमा पुग्ने गरेको त्यहाका मजदुरहरूले बताउने गर्छन्। उनी पाँचतारे होटलबाट आफ्नो घरमा खाना पुर्यारउने मजदुरहरूको तिरस्कार गर्न र आफू विलासी जीवन विताउनबाट जोगिन सकेका छैनन्। मन्त्रीबाट राजीनामा दिइसकेको केही महिनापछि मन्त्रीकै हैसियतमा एमाले नेता प्रदिप नेपाल ओलम्पिक गेममा भाग लिन चीन गएको कुरा मैले आलोचना गरें। तत्कालीन मालेका जनप्रिय तथा एमालेका नेता मोदनाथ प्रश्रितले गौथलीको गुँड बनाएभन्दा पनि मैले आलोचना गरेँ। कलम र बन्दुक समात्नेले निष्पक्ष भूमिका खेल्न कोसिस गर्नुपर्छ भन्ने मेरो मान्यता हो। आदर्शको माग गर्नेहरूले व्यवहार पनि आदर्शकै गर्नुपर्छ भन्ने मेरो मान्यता हो। देख्दा र भन्दा सामान्य लाग्ने वर्षमान पुनको यो हेलिकोप्टर यात्रा प्रकरण धेरै ठूलो गल्ती हो। थुप्रैको रगत पसिनाको जगमा उभिएका नेताले यति तल गिरेर व्यवहार गर्नुले एकजोर चप्पल लगाउन र एक छाकटार्न धौःधौ भएका थुप्रै अभिभावक गुमाएका पीडित सहिद परिवारहरू पनि एमाओवादीमा थुप्रै छन्। तिनको पनि पुन कमरेडहरू अभिभावक हुन सक्नुपर्योड। पीडित परिवारका विलौना बेला बेलामा संचार माध्यमबाट पोखिने गरेका छन्। हामीलाई समेत भावुक बनाउने ती 'जनयुद्ध' पीडितहरूका भावनाले कमरेड पुनहरूलाई किन छुँदैन। शक्तिमा पुगेपछि नेताहरूको मुटु नै ढुंगाको हुन्छ कि? श्रीमान र श्रीमती दुवै सभासद रहेका वर्षमान पुनले बरु ती पीडित सहिद परिवार र कार्यकर्ताको सहयोगको लागि एसउटा सहयोगी कोष बनाएर एकजना सभासदको तलव भत्ता खर्च गरे हुन्न? यसो गरेपनि उनी वास्तवमै क्रान्तिकारी जनप्रिय नेता हुन्थे। यही मार्गमा हिड्ने सद्बुद्धि वर्षमान पुनमा पलाओस् हाम्रो शुभ(कामना।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...