भ्यालेन्टाइन मनाउने बहानामा यौन क्रियाकलाप गरिरहेको अबस्थामा काठमाडौंका गेष्ट हाउस तथा होटलबाट दर्जनौं जोडी पक्राउ परेका छन् ।
काठमाडौको कलंकी आसपासका विभिन्न होटल तथा गेष्ट हाउसमा सोमबारराती प्रहरीले छापा मार्दा थुप्रै जोडी आपत्तिजनक अबस्थामा पक्राउ परेका छन् । कालिमाटी र कलंकीबाट खटिएको प्रहरी टोलीले कंलकी क्षेत्रका आधा दर्जनभन्दा बढी गेष्ट हाउसमा छापा मारेर उनीहरुलाई रंगेहात पक्राउ गरेको हो ।
कलंकीका धौलागिरी गेष्ट हाउस, अर्घाखाँची गेष्ट हाउस, लक्ष्मी गेष्ट हाउस, लाली गुराँस गेष्ट हाउस, काठमाण्डौ गेष्ट हाउस, सरिना गेष्ट हाउस र नवलपरासी गेष्ट हाउसमा यौनक्रियकलाप गरिरहेको अबस्थामा त्यस्ता जोडीहरु फेला परेका हुन् ।
पक्राउ पर्नेमध्ये अधिकाशंले होटलमा श्रीमान् श्रीमतीको सम्बन्धको हवला दिँदै नाम दर्ता गराएका थिए । भ्यालेन्टाईन डे मनाउने भन्दै होटलमा वस्न आएका अविवाहित जोडीलाई पक्राउ गरिएको प्रहरी नायव निरिक्षक पुष्प लामिछानेले जानकारी दिनुभयो ।
प्रहरीले गेष्टहाउसमा छापा मार्दा सवैजसो आपित्तजनक अवस्थामा भेटिएका थिए । अर्धनग्न भेटिने युवतीहरु काठमाण्डौंका प्लस टु र क्याम्पसमा अध्ययनरत पाइएका छन् भने कतिपय एसएलसी परिक्षा दिने तयारीमा ।
प्रहरीसँगको बयानमा उनीहरुले आफुहरु भ्यालेन्टाइन डे मनाउन मात्र गेष्टहाउसमा आएको बताएका छन् । कतिपय कोठामा यौनलीलामा संलग्न जोडीहरु प्रहरी आएको सुइँको पाएपछि फुकालेका कपडा होटलमै छाडी भागेका थिए ।
छापा मार्ने क्रममा प्रहरीले थुप्रै प्याकेट कण्डम, पैसा, मोवाइल, भित्री बस्त्र फेला पारेको थियो । पक्राउ परेकामध्ये ६ जनालाई कालीमाटी प्रहरी बृत्तमा राखिएको लामिछानेले जानकारी दिनुभयो ।
यस्तै प्रहरीले सार्बजनिकस्थलमा आपत्तिजनक अबस्थामा भेटिएको भन्दै ५३ जोडीलाई कारवाही गरेको छ । भ्यालेन्टाइन डेका अबसरमा पशुपति क्षेत्रका जंगल, देवालय र खोंचहरुमा भेटिएका त्यस्ता जोडीलाई प्रहरी टोलीले सचेत गराउनुका साथै प्रति जोडी दुई सय रुपैयाँका दरले जरिवाना गराइएको थियो ।
अंगालो बाँधेर बसेको, चुम्बन गरिरहेको र यौनजन्य गतिबिधिमा संलग्न भएको भन्दै उनीहरुलाई नियन्त्रणमा लिएर कारवाही गरिएको पशुपति क्षेत्र बिकाश कोषले जनाएको छ । श्रीमान् श्रीमति भएको दावी गर्ने कतिपय जोडीलाई भने प्रहरीले पहिलोपटक भन्दै माफी मगाएर छाडेको थियो । @ onlinekhabar


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...