तीन विद्यार्थीमाथि कट्टि प्रहार, पक्राउ गर्न माग गर्दै धर्ना


विद्यार्थीलाई आक्रमण गरि मरणासन्न बनाउने अपराधीलाई पक्राउ नगरेको भन्दै दमक बहुमुखी क्याम्पसका विद्यार्थीहरुले आज बिहान इलाका प्रहरी कार्यालयअगाडि धर्ना दिएका छन् ।
बिहान ९:३० बजेतिर दमक बहुमखी क्याम्पसबाट निस्केको विद्यार्थीहरुको नारावाजी सहितको जुलुसले इलाका प्रहरी कार्यालय अगाडि पुगेर धर्ना दिएका थिए ।
इलाका प्रहरी कार्यालयमा विद्यार्थी नेताहरु र प्रहरीबीच भएको बर्तामा इलाका प्रहरी कार्यलयका इन्चार्ज प्रहरी निरीक्षक नविन कार्कीले आज दिनभरमा अपराधीलाई पक्राउ गरिसक्ने प्रतिबद्धता गरेपछि विद्यार्थीहरुले धर्ना रोकेका छन् ।
त्यस्तैगरि ४ विद्यार्थी संगठनले आज संयुक्त प्रेस बिज्ञाप्ती जारी गरी २४ घण्टाभित्र अपराधी पक्राउ नगरे अनिश्चितकालिन दमक बन्द गर्ने चेतावानी दिएका छन् । अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेविसंघ र संघीय विद्यार्थी युनियनले संयुक्त बिज्ञप्ती जारी गरि यस्तो चेतावानी दिएका हुन् ।


हिजो साँझ ७ बजेतिर दमक बजारस्थित देवकोटा चौकमा दमक क्याम्पसमा बिविएस अध्ययनरत विद्यार्थीहरु ललित राई, मिलन राई र अर्जुन राईलाई अज्ञात हतियारधारी समुहले अन्धाधुन्ध कट्टि प्रहार गरि सख्त घाईते बनाएका थिए ।
घाईतेमध्ये ललित राईको अबस्था गम्भीर रहेको र उनलाई धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएपनि त्यहाँ उपचार हुन नसकेपछि भारतको सिलीगुढी पुर्याइएको परिवार स्रोतले जनाएको छ ।
अन्य २ घाइतेको धरानमा नै उपचार भैरहेको छ ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...