विद्यालयमै सेक्सभिडियो बनाउँदा शिक्षक निलम्वित


बेलायतमा एक जना शिक्षकले सहायक कर्मचारीसँग ‘सेक्स टेप’ बनाएपछि विद्यालय प्रशासनले दुवैजनालाई निलम्वनमा गरेको छ । उनीहरु दुवै जनाले सेक्स टेप मात्र बनाएका थिएनन्, त्यसलाई विद्यालयको कम्युटरमा समेत राखेका थिए । शिक्षकका साथिहरुले कम्प्युटरमा सेक्स टेप देखेपछि प्रशासनलाई खबर गरेका थिए । प्रशासनले पुरुष शिक्षक र महिला सहायकलाई तत्कालै निलम्वन गरेको थियो ।
भिडियोमा पुरुष कर्मचारी कुर्चीमा बसिरहेको र क्यामेरामा हरेका थिए भने महिला सहायकले ‘सेक्स अभिनय’ गरेकी थिइन । पछि उनीहरुले विद्यालयमै यौनजन्य क्रियाकलपा गरेर ‘सेक्स भिडियो’ बनाएका थिए । जसलाई उनीहरुले कम्युटरमै सेभ गरेका राखेका थिए ।
भिडियो भेटेपछि विद्यालयले ४६ वर्षका शिक्षक टिम एडवार्ड र ५० वर्षकी सहायक एन्जेला थ्रोनहिललाई विद्यालयबाट निलम्वन गरेको छ । दक्षिणी लण्डनस्थित क्राउडनको एडिङटन विद्यालयमा फिल्म खिचिएको हो वा होइन भन्ने विषयमा विद्यालयले छानविन गरिरहेको छ ।
विद्यालयको कम्युटरमा राखिएको यो भिडियोसम्म ८०० विद्यार्थीको पहुँच भए पनि कतिले त्यसलाई हेरे वा हेरेनन् भन्ने विषयमा विद्यालय प्रशासन भने मौन छ । एडवार्डलाई विद्यालयले वाषिर्क ४७ हजार पाउण्ड तलव दिन्थ्यो । उनी त्यो विद्यालयका कम्युटर टेक्नोलोजी सम्वन्धी शिक्षकको अलावा सूचना तथा सञ्चार प्रमुख समेत थिए । उनले विद्यालयमा विद्यार्थीलाई कम्युटर दुरुपयोग सम्वन्धी पाठसमेत पढाउँथे ।
शिक्षक विवाहित छन भने सहयाकका दुई छोराछोरी छन्, ती सहायकले श्रीमानलाई भने छोडपत्र दिइसकेकी छन् । सुरुमा विद्यालय सरसफाइको जागिरमा प्रवेश गरेकी एन्जेलालाई बढुवा गरेर कक्षाकोठाको सहायक बनाइएको थियो ।

source:-onlinekhabar

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...