छोटो स्कर्ट लगाएर हिँड्न प्रतिबन्ध

त्यसो त हिजोआज विश्वका धेरै जसो अनुशासन पि्रय संस्था, निकाय वा नगर विशेषमा उत्ताउला पहिरनप्रति प्रतिबन्ध लाग्दै आएको छ । भड्किलो पहिरन अराजकता र अनुशासनहीनताको 'सेम्बोल' हो भन्ने निष्कर्षका साथ उनीहरूले यस्ता पोसाकमाथि बन्देज लगाइएको भन्दै आˆना निर्णयको बचाउसमेत गर्दै आएका छन् ।

यसै सन्दर्भमा रोमको एक नगर क्षेत्रमा महिलालाई छोटो स्कर्ट लगाएर हिँड्न प्रतिबन्ध लगाइएको समाचार सार्वजनिक भए लगत्तै विश्वको चर्चित इन्भेस्टमेन्ट बैङ्क 'यूबीएस'ले आˆना कर्मचारीका हकमा ४३ पृष्ठ लामो पोसाकसम्बन्धी आचारसंहिता जारी गरेको छ जसमा महिला कर्मचारीलाई टाइट स्कर्ट लगाउन पूर्ण बन्देज लगाइएको छ । स्वीजरल्यान्डको ठूलो र भरपर्दो मानिने यूबीएस बैङ्कले जारी गरेको पोसाकसंहिता अनुरूप टाइट स्कर्टका अतिरिक्त महिलालाई भड्किला किसिमका गरगहना लगाउनसमेत बन्देज लगाइएको छ । उनीहरूले भित्र लगाएको लुगा बाहिर पनि देखिने ढङ्गको पारदर्शी पहिरन लगाउन पाउने छैनन् र नाक, कान छेडेर धातुका गहना पनि लगाउन पाउने छैनन् । टाटु त महिला कर्मचारीको अङ्गमा कतै देखिए तत्कालै जागिरबाट हात धुनपर्नेछ । त्यस्तै पुरुष कर्मचारीले पनि रङ्गीविरङ्गी सर्ट पाइन्ट र टाइ लगाउन पाउने छैनन् । प्रतिदिन दाह्री खौरिएर कार्यालय आउनुपर्नेछ र कडा बासनादार सेन्ट वा परˆयुम पुरुष र महिला दुबैै थरी कर्मचारीका हकमा प्रतिबन्धित छन् ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...