हाङदेवामा पानी पुगेपछि खुसियाली


ताप्लेजुङ, फाल्गुन १६ - 
हाङदेवा-३ की विमला यवागु (साँवा) ले खानेपानी लिन हिरुवा खोला धाएको १२ वर्ष बित्यो । बुहारी भएर भित्रिएकै भोलिपल्टदेखि डोकामा गाग्रो हालेर धाउन थालेकी उनले आफन्त चेलीहरूलाई पनि यो गाउँमा भित्रिन दिइनन् ।

हाङदेवामा पानी पुगेपछि खुसियाली
 चार-पाँच वर्षको उमेरदेखि नै पानी बोक्न थालेकी कल्पना विश्वकर्माको २३ औं वसन्त पनि पिठ्युँमा गाग्री नै बोकेर बिते तर उक्त गाउँमा नै बि्रटिस गोर्खा वेलफेयर स्किमको सहयोगमा पानीका धारा खस्न थालेपछि खुसियाली र नाचगान चलेको छ । 

जलविरेको मुहानबाट कुलो र ट्यांकी बनाउन लगातार दुई महिनादेखि काम गरिरहेका गाउँलेहरू अहिले आँगनमै पानी भर्न पाउँदा मक्ख छन् । सदरमुकामबाट नजिकमा भएर पनि सरकारी नजर नपरेका उनीहरू काकाकुल बन्नुपरेको थियो । अहिले खानेपानीलाई पारदर्शी र भ्रष्टाचारविहीन रूपमा सञ्चालन गर्न स्थानीय देवेन्द्र मादेनको संयोजकत्वमा उपभोक्ता समिति गठन गरिएको थियो । 

चार भागमा विभाजन गरिएको योजनाबाट गाविसका एक सय १७ घर लाभान्वित भएका छन् । 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...