अनलाईन व्यूरो/विर्तामोड
चर्चित हास्यकलाकार तथा गायक श्रीकृष्ण लुईटेल बोकेदाह्रीको मृत्यु भएको मिथ्या समाचारले आतंकित बनाएको छ । शनिबार बेलुका ६ बजे अपरिचित व्यक्तिले सञ्चारमाध्यमा बोके दाह्री मृत्यु भएको समाचार सुनाएपछि त्यसले सनसनि मच्चाएको हो । अपरिचित व्यक्तिले NTV Plus संग आवद्ध आर के सुवेदीलाई जानकारी गराएपछि घटना एकाएक बाहिर आएको हो ।
सुवेदीले कान्तिपुर दैनिक, राजधानी दैनिक लगायतका सञ्चारमाध्यममा उक्त समाचार प्रकाशन गर्न लगाएपछि घटनाले थप आतंकित बनाएको छ ।
श्रीकृष्ण लुईटेलको ‘मृत्यु भईसक्यो यदि मृत्यु भएको छैन भने चाडै मृत्यु हुँदैछ समाचार छाप्नुहोस्’ फोन मार्फत आर के सुवेदीलाई भनियो । सुवेदीसँग फोन गर्ने व्यक्तिको नाम र नम्वर माग्दा गैरजिम्मेवारी ढंगले आपूmसंग सुरक्षित नरहेको भनेर पन्छिए तर सम्पूर्ण सञ्चारमाध्यममा उक्त समाचार प्रकाशनका लागि उनैले पहल गरेका छन् । हाल बोकेदाह्री आफ्नो जीवन रक्षाका लागि तथा दोषिमाथि छानविन गरि कारवाहीका लागि ईलाका प्रहरी कार्यालय विर्तामोडमा अनौपचारिक रुपमा उजुरी गरिसकेका छन् ।
मेचीनगर अनलाईनको मेचीनगर स्थित कार्यालयबाट भएको फोन सम्पर्कमा बोकेदाह्रीले यस्तो समाचारले आफू निकै आतंकित भएको बताएका छन् । निकै भावुक भएर धेरै बोल्न पनि नसकेका बोकेदाह्रीसँग रहेका झापाका पत्रकार दिनेश कार्कीले उनलाई सम्झाउँदै गरेको थिए ।

k ho yasto sad news
ReplyDeleteTALAS GARNU PARCHH YESTO HARKAT KALE GAREKO HO NI
ReplyDelete