बजार अभावमा कफी व्यवसायी निराश


ध्रुव सुवेदी
भोजपुर/जिल्लामा अत्याधिक कफी उत्पादन हुने भए पनि बजार अभावमा किसानहरु निराश बनेका छन् । बजार नपाएपछि किसानले कफीको बगैंचा मास्न थालेका छन् ।
जिल्लाका विभिन्न गाविसमा किसानले कफी खेती गर्दै आएका छन् । करिब एक दशकदेखि परीक्षणको लागि किसानले कफी खेती सुरु गरेका हुन् । जिल्लाका बोखिम, सिद्धेश्वर, गुप्तेश्वरलगायत् विभिन्न स्थानमा कफी उत्पादन गरेर सर्वसाधारणले आपैंm खाने गरेका छन् । दक्षिणी भोजपुरको सिन्द्राङ, देवान्टार, रानीबास, खैराङलगायत् विभिन्न स्थानमा किसानले कफी खेती गर्दै आएका छन् । कफी बिक्री नभए पनि सर्वसाधारण आफैले खाने गरेका छन् । रासायनिक मलको प्रयोगविना यहाँ उत्पादित कफी अग्र्यानिक भएकोले स्वस्थकरसमेत रहेको सिन्द्राङ गाविसका कफी व्यवसायी नेपालमान राईले बताए । 
सिन्द्राङ–१, २ र ७ मा सबभन्दा बढी कफी उत्पादन हुने गरेको छ । त्यसपछि देवान्टार–६ मा अमरबहादुर राईले एक फसलमा दुई सय केजी कफी उत्पादन गर्दै आएका छन् । उनले करिब दुई सय बोट कफीको बगैंचा लगाएका छन् । कफी उत्पादनमा हरेक वर्ष वृद्धि भइरहे पनि बजार अभावमा व्यावसायिक खेती गर्ने कि नगर्ने भन्नेमा किसानहरु अन्यौलमा छन् । कृषि विकास कार्यालयले कफी खेतीको लागि सिफारिस नगरे पनि कफी खेती राम्रो हुने गरेको सिन्द्राङ गाविसका पूर्वअध्यक्ष बलाराम राई बताउँछन् । जिल्ला कृषि विकास कार्यालयले जिल्लामा कफी खेतीको कुनै योजना प्राथमिकतामा पार्न नसकेको उनले बताए । ‘कफी खेतीको लागि हाम्रो माटो उर्वरा देखियो,’ उनी भन्छन्, ‘सरकारले कफी खेतीलाई प्रोत्साहन गरे उत्पादनमा वृद्धि हुनेछ ।’ बजारको प्रबन्ध पनि सरकारले गर्नुपर्ने राईको कथन छ । 
नजिकमा कफी उद्योग नभएकोले किसानले बजार र मूल्य नपाएका हुन् । भोजपुरको विकट गाउँबाट थाप्लोमा बोकेर सुनसरीको इटहरीसम्म पुर्‍याएपछि प्रतिकेजी एक सय रुपैयाँमा बिक्री हुन्छ । बजार नजिक भए कफी खेतीबाट किसानलाई राम्रो आम्दानी हुने किसानहरु बताउँछन् । यातायात सेवा सञ्चालन भएपछि कफी खेती फस्टाउने सिन्द्राङ–७ का किसान अर्जुन राईको भनाइ छ । कफी रोपेको तीन वर्षमा फल्न सुरु हुने भएकोले व्यवसायको निम्ति उपयुक्त हुने किसानहरुको अनुभव छ ।
with reference to blast times daily


No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...