जापानलाई उछिन्दै चीन दोस्रो ठूलो अर्थतन्त्र


जापानलाई उछिनेर चीन अमेरिकापछि दोस्रो ठूलो अर्थतन्त्र बनेको छ । जापनले सोमबार आफ्नो आर्थिक तथ्यांक सार्वजनिक गरेपछि यो पुष्टि भएको हो ।
सन् २०१० को अन्त्यमा जापानको कुल गार्हस्थ उत्पादन ५४ खर्ब ३७ अर्ब अमेरिकी डलर पुगेको सामोबार सार्वजनिक तथ्यांकले देखाएको छ । त्यही वर्ष आफ्नो कुल गार्हस्थ उत्पादन ५८ खर्ब पुगेको एक महिनाअघि चीनले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । जापानको यो अर्थतन्त्र चीनको भन्दा ७ प्रतिशतले कम हो । सन् २०१० मा १ सय ४६ खर्ब ६० अर्ब पुगेको अमेरिकी अर्थतन्त्र जति दुवै देशको जोडेर पनि पुग्दैन ।
तर चीनले जापानलाई पछाडि पारेको समाचारले एउटा युगको अन्त भएको छ । सन् १९६७ मा पश्चिम जर्मनीलाई पछाडि पारेपछि झन्डै दुई पुस्तासम्म जापान विश्वको दोस्रो ठूलो अर्थतन्त्रको रूपमा उभिएको थियो । तर नयाँ आर्थिक अवस्थाले चीनको अर्थतन्त्र बढ्दो र  जापानको घट्दो रहेको संकेत गरेको छ । निर्यात र उपभोक्ता मागले जापानलाई असर गरेको छ । चीनमा उत्पादन बढेको छ ।
सन् २०१० को पछिल्लो तीन महिनामा आपmनो अर्थतन्त्र १ दशमलव १ प्रतिशतले खुम्चिएको र कुल गार्हस्थ उत्पादन अघिल्लो वर्षभन्दा ९ दशमलव ८ प्रतिशतले वृद्धि भएको जापानले बताएको छ । केही हदसम्म अमेरिकाको प्रतिस्पर्धी अर्थतन्त्र भए पनि जापान उसको भूू-राजनीतिक र सैन्य सहयोगी हो । तर, चीन अमेरिकाका लागि सबै क्षेत्रमा सम्भावित चुनौती हो । चीनको उदय सत्तारुढ कम्युनिस्ट पार्टीको लोकपि्रय वैधताको मुख्य स्रोत बनेको छ । अमेरिकालाई विस्थापित गरेर आगामी  दशकमा चीन विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्न सक्ने विश्लेषकहरूले बताए । '१० वर्षभित्रमा अमेरिकी अर्थतन्त्र जतिकै चीनको पनि हुनेछ,' बेइजिङस्थित आर्थिक परामर्श  संस्थाका टोम मिलरले भने ।
अर्थतन्त्रको आवरणबाट धेरै गरिब रहेकोले आफ्नो मुलुकमा अनावश्यक बाध्यता आउन सक्ने बेइजिङको चिन्ता छ । आफ्नो उदयलाई विकसित मुलुकले कार्बन उत्सर्जन घटाउन र मुद्रा नीतिबारे जिम्मेवारी लाद्न सक्ने अर्को शंका चीनको छ ।  'चीनले जापानलाई उछिनेर दोस्रो ठूलो अर्थतन्त्र बने पनि दोस्रो बलियो भने होइन,' चिनियाँ पार्टीको पत्रिका पिपल्स डेलिले भर्खरै प्रकाशित एक लेखमा उल्लेख छ ।
'यो प्राकृतिक मात्र हो कि चीनले फुकेको अर्थतन्त्र र ठूलो जनसंख्याका कारण जापानलाई उछिनेको छ,' टोकियो गभर्नर सिन्तारो इसिहाराले पत्रकारसँग भनेका छन् । चीन अझै धेरै कुरामा जापानभन्दा पछाडि छ । बढ्दो अन्तरनिर्भरताले उनीहरूलाई प्रतिस्पर्धीभन्दा पनि साझेदार बनाएको छ ।
चीनको प्रतिव्यक्ति आय जापानको भन्दा १० गुणा कम छ । विश्व बैंकको अनुमानमा १ करोड चिनियाँ नागरिक -झन्डै जापानको पूरै जनसंख्या) ले दैनिक २ डलर मात्र आम्दानी गर्छन् । चिनियाँ इन्टरनेट सर्च गर्ने वेबसाइटका कार्यकारी प्रमुख रोबिन ली भन्छन्, 'अझै पनि अस्वीकार गर्न नसकिने जटिल तथ्य छ कि चीनले अझै विश्वमा प्रभाव जमाउन  उद्योगहरू स्थापना गनर्ुपर्छ ।'
चीनमा निर्यातबिना र चिनियाँ पर्यटक नआएसम्म जापानको अर्थतन्त्र कमजोर हुने जापानका धेरै व्यावसायिक नेतृत्वको भनाइ छ । अमेरिकासँगको ठूलो व्यापार साझेदारीको रूपमा जापान रहे पनि यसलाई अहिले चीनले उछिनेको छ । 'झन्डै ८ वर्षमा चीनको कुल गार्हस्थ उत्पादन जापानको भन्दा दोब्बर हुने अनुमान छ,' जापानको सफ्ट बैंक कर्पोरेससनका कार्यकारी एवं नयाँ पुस्ताका नेता मासायोसी सोनले भने । जापानका अर्थमन्त्री काओरु योसानोले सोमबार चीनको दोस्रो स्थानमा उदयलाई स्वागत गर्दै भने, 'हामीजस्तो छिमेकी देशका लागि चीनको अर्थतन्त्र अघि बढ्नु उत्साहजनक हो ।' चीनको विस्तार यो क्षेत्रको सँगै वृद्धिका लागि एउटा आधारस्तम्भ भएको बताए ।  
चीन अझै पनि प्रतिव्यक्ति आयमा विश्वको गरिब देशमध्ये पर्ने पनि उनले बताएका थिए । 'यो वृद्धिले धेरैजना उत्साहित होलान्, तर म छैन,' अवकाश प्राप्त चिनियाँ सरकारी अधिकारी झेङ माओहुआले भन्छन्, 'जीडीपीले यो समाजको वास्तविक अवस्था होइन ।' @ ekantipur

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...