आम नेपाली जनता संग प्रत्यक्ष सम्बन्ध राखेर आफ्नो पेसामा वफादार पत्रकारहरुलाई सबैले सलामी गर्न आवश्यक छ । यति भन्दा भन्दै पछिल्लो चरणमा विकास भएको नेपाली पत्रकारीकताको कुरा गर्ने हो भने सलामी होइन जन्मकैद जेल आवश्यक छ । अग्रज पत्रकारहरु जहिले नेपाली जनताको सेवामा समर्पित छन् । नयाँ पुसताका पत्रकार भनाउदाहरु ती अग्रज पत्रकारहरुलाई पुरातनवादी पत्रकारको संज्ञा दिदै अग्रगामी पत्रकारको पगरी लगाउने प्रयत्नमा चार पाउ टेकेर भए पनि बामे सर्ने प्रयत्न गरिरहेका छन । तर विडम्बना अहिलेका पत्रकारहरुको अग्रगामी पत्रकारीता तस्करी पत्रकारीता मात्र बन्न पुगेको छ । यसको मतवल सबै पत्रकारले तस्करी पत्रकारीता गरिरहेको छ भन्ने होइन ।यो प्रसंगको जल्वन्त उदारण केही दिन अगाडी पत्रकार महासंघ सुनसरीका सचिव सोमनाथ वास्तोलाको चन्दा आतंकलाई मान्न सकिन्छ । के यही हो अग्रगामी पत्रकारीता आम नेपाली जनता र म जस्तो पत्रकारीता पेसालाई अगाल्ने प्रयत्न गरिरहेका सिकाउरे पत्रकारहरुको प्रश्न छ । आफुलाई अव्वल दर्जाका पत्रकार मान्ने तस्करी पत्रकारहरुलाई । विगतका दिनहरुमा पत्रकारीताको नाममा गरिएका विभिन्न प्रकृतिका अपराधहरुलाई फर्केर एक पल्ट हेर्ने हो भने तस्करीमा संलग्न पत्रकार भनौदाहरु पत्रकार महासंघका जिम्मेवार पदाधिकारीहरुनै गरेको पाइन्छ । उदारणको लागि विराटनगरमा गएको एक वर्ष अगाडीको ट्रक काण्ड र अन्य थुप्रै । यसको मतलव नेपाल पत्रकार महासंघ तस्करीहरुको अखडा हो त म यो लेख मार्फत सम्बन्धित निकायलाई प्रश्न गर्दछु । यो अधिकार मलाई पनि छ भन्ने कुरामा कुनै दुविधा छैन किनकी पत्रकार महासंघको म साधारण सदस्य हँु ।
बास्तोला जीलाई म पनि नजिक बाट चिन्द छु । उहाँको क्ष्यमता र पत्रकारीता कलालाई म पनि मान्दछु । लामो समय नभए पनि केही समय मैले पनि बास्तोला जी संग संगत गरेको छु । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा । अलि धेरै घमण्ड र अलि थोरै सहयोगी भावका बास्तोलाजीको पद दुरुपयोगको खवर त्यसैको परिणाम होइन भन्न सकिन्न । बास्तोलाजीलाई किन आवश्यक थियो नयाँ संस्था । नेपाल पत्रकार महासंघ जस्तो गरिमाय संगठनका उच्च अहोदाका पदाधिकार नै हुनुन्छ वहाँ । वहाँले नयाँ संस्था स्थापनाको जस्तो सुकै वहाना बनाए पनि सोजो अनुमान गर्न सकिन्छ तस्कर गर्ने वैध्ाानिक अखडा स्थापना गरिएको हो भनेर । नभन्दै सुरु भयो विभिन्न वहानामा तस्करी । बास्तोलेले प्रेस क्लव इटहरी नामक संस्थाको स्थापना गरी चन्दा आताङ्क सुरु गरे । लयतै विभिन्न जनपक्षिय साचार माध्यमहरुले यो कार्य बेठीक हो भनि समाचार मात्र लेखेनन् । सम्पादकीय समेत लेख्न पछि परेका छैनन् । यो राम्रो पक्ष हो । तर दुःखको कुरा यसै क्षेत्रका केही साचार गृहहरुलले भने बास्तोलाले यस्तो कामनै नगरेको भनि खण्डन समेत लेखेका छन् । नेपाली पत्रकारीतामा दुई खेमा प्रश्ट देखिएको छ । पूर्वको हकमा । साचो र जनपक्षिय पत्रकारीता गर्ने पत्रकारहरुले यसको विरोध गरिरहेका छन् । तर पैसाको पछि लागेर पैसाको भरमा समाचार लेख्ने खेमाका केही पत्रकारहरुले भने यसको खुलेर सर्मथन गरिरहेका छन् ।
केही समय अगाडी मात्र गोप्य समाचार प्रकाशनमा ल्याएको भन्दै जर्मनीबाट साचालनमा रहेको चर्चित वेबसाइट वीक्लिक्स लाई बन्द र वीक्लिक्सका साचालक जुलियन असान्जेलाई जमर्नी सरकारले जेल सजाय सुनाएको थियो । केही समय लगतै जुलियनलाई जर्मन सरकारले पक्राउ गरी केही धरौटीमा छाडेको छ । उसले गोप्य दस्तावेजहरु वेबसाइटबाट सार्वजानिक गरेको थियो । तर उसलाई विभिन्न अभियोगमा जेल चलान गरिएको थियो । यो समाचार सुन्दा असान्जेले आधुनिक पत्रकारीतामा नयाँ धारको सुरुवात गरेकोमा म धेरै खुशी भएको थिए । र अझै पनि खुशी नै छु । असान्जेलाई सलामी छ । यो धार नेपालमा पनि आवश्यक ठान्दथे तर विडम्बना ठिक यसको विपरित यहाँ जनतालाई सुचना दिने अधिकारलाई दुरुपयोग गरेर गोप्य रुपमा जनताकै पैसा खाने धारको सुरुवात भयो । यो विषमा स्थानिय प्रसाशन मौन छ । सरकारी संस्थाहरु किन कुनै कुरानै नबुझी तस्करी पत्रकारहरुलाई विभिन्न वहाँनामा पैसा दिन तयार छन् । यसको पनि कारण छ । सरकारी कर्मचारीले पनि त आफ्नो कुकर्तुत लुकाउनु पर् र्यो नी । केही नाम चलेका भनौदा पत्रकारहरुलाई त्यतिकै पैसा दिन तयार छन । सरकारी कर्मचारीहरु । प्रसाशन पनि कारवाही गर्न चाहदैन । किनकी भोली आफ्नो पनि पालो आउछ भन्ने कुरामा स्थानिय प्रसाशन ढुक्क छ ।
यति भन्दा भन्दै पनि पत्रकार महासंघ सुनसरीले पत्रकार सोमनाथ बास्तोलालाई सत्य तथ्य पता नलागे सम्मको लागि पद मुक्त गरी छानविन समिति सम्म गठन गरेको छ । झिनौ आशा छ । पक्कै पनि सत्य कुरा बाहिर आउने छ । र बास्तोलाजी निर्दोश हो भने कारवाही फुकुवा हुन जरुरी छ । यदी उ दोसी हो भने कारवाही पनि जरुरीछ ।
अहिलेको परिवेसमा सुनसरीको यो विषय एक हो तर देशभर यस्तो अनगिन्ति कामर्यहरु भएरहेका छन । यसरी पत्रकारीताको मुकुन्डो लगाएर तस्करी गर्दै जाने हो भने आज सम्मको सम्मानित र गरिमामय पत्रकारीता पेसा कहाँ पुग्ला यो विषयमा गम्भिर हुन जरुरी छ ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...