सत्यताको प्रतिक भ्यालेन्टाईन डे ।




By:- Prakash Poudel
सबैका आ–आफ्नै संस्कृति छन् । हुन सक्छ कसैले सहि रुपमा अपनाउँछ त कसैले गलत, कसैले आफ्नौ संस्कारलाई आधुनिकतातर्फ ढाल्न प्रेरित गरिरहेको हुन्छ भने कसैले त्यसलाई परिभाषित । नेपालमा पनि आफ्नो संस्कृति मनाउने क्रममा युवापुस्ताहरु आधुनिकता तिर लम्किरहेका छन् । युवावर्गले चाहेको आधुनिकता कतै सहि रुपमा प्रयोग भैरहेको छ भने कतै गलत प्रयोगले गर्दा नेपाली संस्कृति फोहोरी खेल बन्दै गएको छ । 
१४ फेव्रुअरी अर्थात फाल्गनु २ गते युवावर्गले चाहेको आधुनिकता हो । यो उनीहरुको प्रमुख चाड पनि हो । सबैले चाड मनाउँछन् । हिन्दुको दसैं, मुस्लिमको इद, क्रिश्चयको क्रिसमस डे भनेजस्तै युवावर्ग अर्थात प्रेमपारखीहरुको लागि प्रमुख चाड भ्यालेन्टाईन डे । 
यसरी नेपालमा पनि हालैका वर्षहरुमा निकै लोकप्रिय बन्दै गएको भ्यालेन्टाईनको इतिहाँस खोज्ने हो भने, तेश्रो शताव्दीको अन्त्यतिर रोमबाट प्रारम्भ भएको भेटिन्छ । रोमका सम्राटले आफ्नो राज्यको सुरक्षाको निम्ति कुनैपनि सुरक्षाकर्मीले नारी सँगको संगत तथा सम्बन्धले उसमा आत्मबल कमजोर हुने, फौजी भित्रका गोप्य कुराहरु पनि बाहिर जान सक्ने सम्भावनाका डरले सुरक्षाकर्मीहरु माथि प्रेम तथा विवाहमा रोक लगाएका थिए । प्रेमलाई कुने वस्तुले छेक्दैन कुनै नियमले रोक्दैन साँचो प्रेममा कुनै रोक ले प्रभाव पार्दैन भन्ने सिद्धान्तका भ्यालेन्टाईन नामक एक व्यक्तिले उक्त रोक आदेशको उल्लङ्घन गर्ने निर्णय लिए । उनले प्रेम गरेका थुप्रै सुरक्षाकर्मीलाई विवाह बन्धनमा समेत बाँधिदिए । भ्यालेन्टाईनको यो कामप्रति साह्रै क्रोधित बनेका सम्राटले उनलाई सजाय दिने निश्चय गरे । फलस्वरुप उनलाई तत्कालै मृत्युदण्डको सजाय सुनाईयो । उनले मृत्युदण्ड पाउनु अघि आफ्नो प्रेमिकालाई लेखेको पत्रमा आफू सच्चा प्रेमको लागि बलिदान दिन तयार भएको र अबका प्रेमीप्रेमिकाहरुले यस्तो चुनौतीको सामना गर्नु नपरोस् भन्ने कुरा उल्लेख गरेका थिए । उनलाई १४ फेव्रुअरीका दिन मृत्युदण्ड दिईयो । त्यसैले उनको नाममा यो दिवस मनाउन थालिएको हो । 
भनिन्छ प्रेमले पापिलाई पनि सुधार्छ । प्रेमले मानिसको जीवनलाई थप रोमाञ्चक बनाउँछ । प्रेमले शत्रु पनि मित्र बन्छ । प्रेम सबैमा हुन्छ जुन बनावटी नभई अन्तरहृदयबाट प्रस्फुटित हुन्छ । प्रेम एउटा अभिव्यक्त हो । देखावटी बोली र व्यवहारले कुनैपनि प्रेम सफल भएको थियो भने आज भ्यालेन्टाइन डे को कुनै अर्थ रहदैनथ्यो किनकी प्रेमको लागि बलिदान दिने भ्यालेन्टाइनको सम्झनामा यो दिवस मनाइएको हो र यो साँचो मायाको सपथ पनि हो । जब प्रेमजोडि भ्यालेन्टाइन डे को दिन नजिक हुन सक्क्तैनन् तिनीहरुको माया पनि सफल हुन सक्तैन किनकी उनिहरुको परिभाषामा मायाको अर्थ भ्यालेन्टाइनको भन्दा भिन्न छ । उनिहरुले आफ्नो मायाको लागि ज्यान दिन सक्तैनन् । आप्mनो जीवनलाई शुलीमा चढाएर प्रेमको भिख माग्न सक्तैनन् बरु आफूले प्रेमलाई इशारामा चलाउन चाहान्छन् । 
यहि दिन हो आफ्नो माया प्रमाणित गरेर देखाउने, आफूलाई मन परेको मान्छेलाई प्रेम प्रस्ताव राख्ने सुनौलो अवसर पनि यसैदिन प्राप्त हुन्छ । आपूmलाई मन परेको मान्छेलाई यो दिन त्यस्तो उपहार दिइयोस् जुन उसले आफ्नो मुटुमा सजाउने र मनभित्र सम्हालेर राख्न सकोस् । प्रेम दिवसको अवसरमा दिइएको उपहारले हरेक वर्ष मनाइने यस चाडको प्रतिनिधित्व गरिरहेको हुन्छ । 
भ्यालेन्टाइन डे मनाइदै गर्दा भित्रिएको आधुनिकताले धेरैलाई मृत्युको मुखमा पु¥याउने गरेको समाचार पनि बारम्बार सुनिने गर्छ । अन्धो प्रेमको पछि लागेर कुनै त्यस्तो गलत कार्य नगरियोस् जसको फलस्वरुप आपूm मृत्युलाई अँगाल्न परोस् । सहि र सत्यतामा मनाइने भ्यालेन्टाइन डे लाई उसैको आर्दश र स्वरुपले मनाउँ । यसवर्ष सँगै अब आउने भ्यालेन्टाइन डे ले सहि प्रेमको प्रतिनिधित्व गरोस् । भ्यालेन्टाईन डे को शुभकामना । 


No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...