पत्रकारलाई तीन लाखको दुर्घटना विमा सुरु

श्रमजीवी पत्रकारहरुको पहिलो सहकारी ‘संचार बचत तथा ऋण सहकारी संस्था'ले पत्रकारहरुको सोमबारदेखि लागु हुनेगरी दुर्घटना बिमा सुरु गरेको छ। संचार बचत र शिखर इन्स्योरेन्स कम्पनीबीच सोमबार सम्पन्न सम्झौता अनुसार प्रत्येक सदस्य पत्रकारको ३ लाख रुपैया बराबरको दुर्घटना बिमा गरिएको छ।
सम्झौता अनुसार संचार बचतमा आवद्ध पत्रकारहरु कुनै दुर्घटनामा परे ३ लाख बराबरको उपचार खर्च शिखर इन्स्योरेन्सले उपलब्ध गराउनेछ। यसमा १० हजार बराबरको औषधी उपचार सुविधाको छुट्टै व्यवस्था पनि रहेकोछ। 'नागरिकको सूचनाको अधिकार सुनिश्चित गर्न जोखिम मोलेर अहोरात्र सूचना संकलनमा खटिरहने श्रमजीवि पत्रकारहरुको सुरक्षाको लागि यो दुर्घटना वीमा निकै उपयोगी हुने छ,' सहकारीका अध्यक्ष विष्णु निष्ठुरीले सम्झौतापनि संवाददाताहरुसँग भने, 'टेलिभिजन क्यामेरा पर्सन, फोटो पत्रकार तथा रिपोर्टरहरुको औषधी उपचार र वीमाको भरपर्दो बिकल्पको माग भइरहेकोमा यो वीमा सम्झौताले यसलाई थोरै भए पनि सम्बोधन गर्ने विश्वास हामीले लिएका छौ।'


संचार बचतले आकस्मिक दुर्घटना वा अस्वस्थताको अवस्थामा तत्काल प्राथमिक उपचार गर्न सहयोग पुगोस भन्ने उद्देश्यले पत्रकार कल्याण कोषको समेत स्थापना गरेको छ। संचार बचतले यस बाहेक दैनिक जीवनमा उपयोगी हुने अन्य सुविधाहरु शिक्षा,यातायात लगायत पेशागत दक्षता अभिवृद्धिको क्षेत्रमा उपयोगी हुने अन्य सुविधा र अवसरमा सदस्यहरुको पहुँच बढाउने आवश्यक कार्यहरु पनि गरिरहेको छ। 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...