![]() |
| By:- Prakash Giri |
मानिसलाई अझै पनि पत्तो छैन कि काठमाण्डौंको मुटुमा रहेको भोटाहिटी गल्ली कहाँ टुंगिएर कहाँवाट असन शुरु हुन्छ भनेर । भोटाहिटीबाट अघि बढदै गयो असन आईहाल्छ । यसो पूर्व फक्र्यो भोटाहिटी देखिन्छ । अहिले यस्तै द्विविधामा रहेको छ नेपालको संविधानसभा । कहिले त्यहि भवनको वैठकमा वस्दा संविधानसभा सभासद हुन्छन उनीहरु कहिले सांसद । यसो हेरयो छातीमा उहि लोगो छ वानेश्वरको सेतो भवन उहि छ अनि अध्यक्ष भनौं कि सभामुख पनि उहि छन । न संविधानसभामा वस्दा न संसदमा वस्दाको आसन फरक छ । त्यसैले हाम्रा सभासद महोदयको कुरा पनि गोलमटोल हुन्छ । संसद वैठक चलिरहेको हुन्छ संविधानसभाको कुरा गर्छन । अनि संविधानसभाको वैठकमा बस्छन तर कुरा चाहि संसदको अनि भागवण्डाको गर्छन । अनि परेन फसाद धन्न यहाँ जुन विषयमा जहाँ जहिले कुरा गर्दा पनि फरक पर्दैन र मात्र ।
अव हेर्नुस न भन्नको लागि त संविधानसभामा पक्ष विपक्ष छैन भनिन्छ तर काम हेर्नुस त सभासदको कही यिनिहरु एक भएको देख्नुभएको छ दल अनि तिनका सभासद एक भएको भए त संविधानसभाले निकै अघि गति लिने थियो । संवैधानिक निकाय कति वटा वनाउने भनेर समितिमा छलफल गर्दा त्यहाँ ९९वटा निकायको प्रस्ताव गरियो जुन पछि घटाएर ११वटा वनाउने समितिले टुंगो लगायो । शासकीय स्वरुप राज्यको पुर्नसंरचना जस्ता महत्वपुर्ण समितिमा भएको विवादको वारेमा त झन लेख्नै परेन । त्यसैले संविधानसभामा नभनिए पनि पक्ष पनि छ विपक्ष पनि छ । नत्र किन फरक मत किन विवाद र नढाँटि भन्ने हो भने दलहरु एक भएको संविधानसभाको म्याद थप गर्ने वेलामा मात्र हो । यसलाई चािहं खाने वेला एक ठाउँ पनि भन्न सकिन्छ । जेहोस स्वयम सभासद पनि दुई टाउको एक शरिर भएको यो अजंगको प्राणी हुँदा आफैलाई अनौठो मान्दैछन । तर के गर्ने सार्वभौम सभासद हुँदाको गौरवले उनीहरुको मनमा कहिले कािहं पलाउने ग्लानीलाई सर्लक्कै निलिदिन्छ ।
हुनत संविधानसभाको बनौट र यसको संख्या तय गर्ने वेलामा नै केहि वुद्धिजीवि र केही नेताले यति ठुलो संख्या र एउटै ब्यक्तिको दुईवटा भुमिका तय नगर्न पर्याप्त मात्रामा सुझाव नदिएका होईनन । सुझाव दिए । तर कसले पो सुन्यो र यस्ता कुरा किनभने त्यतिवेला विद्रोही र सात मध्ये पनि प्रमुख ठुला दलवीच सम्वन्ध अति राम्रो थियो । त्यसैले उनीहरुले संविधानसभा विपक्षीहिन वनाए भने राजनीति पनि सहमतिय प्रणालीमा अघि बढने नयाँ पद्धतिको विकास गर्न खोजियो । तर जब संविधानसभाको परिणामा आयो तब सवै कुरा रातारात बदलियो । सभासद हृदयेश त्रिपाठीको शब्दमा भन्ने हो भने माओवादीलाई जित पचेनकांग्रेस-एमालेलाई हार स्विकार भएन । यसको पिडा मुलुकले अहिले सम्म भोग्दैछ । नेमकिपा अध्यक्ष नारायणमान विजुक्छेको कुरालाई विश्वास गर्ने भने उतिवेला उनले संविधानसभा र ब्यवस्थापिका संसदको लागि अलग अलग सदस्य चयन गर्न सुझाव दिएका रहेछन । संविधानसभाको सभासद करिव १सय जना मात्र राख्ने अनि कुल सभासद संख्या पनि २सय ५ मात्र बनाउने उनको प्रस्ताव रहेछ । तर त्यतिवेला उनको कुरा कसैले पनि सुनेनछन । सात दलमध्येकै एक दलका शीर्ष नेताले भन्दा पनि उतिवेला वास्ता नगरिएको यो कुरा यतिवेला चाहि अरुलाई मात्र होईन स्वयम संविधानसभा अध्यक्ष सुबास नेम्वाङलाई पनि भित्र सम्म गढेको रहेछ । त्यसैले त संविधानसभाको कार्यतालिका सार्वजनिक गर्न वसेको साउन २गतकेा वैठकमा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले नै प्रष्टसंग ब्यवस्थापिका संसदको कामले गर्दा संविधानसभा ओझेलमा परेको गुनासो गर्नुभयो । उहाँले संगसंगै दलहरुवीचको खटपटले पनि संविधानसभालाई अप्ठयारोमा पारेको वताउन पनि चुक्नुभएन ।
हुनपनि यतिवेला संसदको रिस पोख्ने ठाउँ भएको छ संविधानसभा यतिवेला । अनि फेरि एउटै मानिसको दुईवटा भुमिका हुँदा वेला वेलामा मात्र संविधानसभाले प्राथमिकता पाउँदै आएको छ । स्वयम संवैधानिक समितिका सभापति निलाम्वर आचार्यको विचारमा दलहरुको दिल दिमागमा सत्ता भ्रमण भागवण्डाले प्राथमिकता पाएको छ त्यसैले संविधानसभा ओझेलमा परेको छ । हुनत संविधानसभाले दुई बर्षको अवधिमा केहि पनि काम नगरेकॊ भने पक्कै होईन तर जति काम भएको छ त्यो सन्तोषजनक भने छैन । ११ वटा विषयगत समितिले वनाएको एकसरो प्रतिवेदन वाहेक संविधानभाले खास महत्वपुर्ण काम गर्न सकेको छैन । अझै पनि मुलभुत १८ वटा बँुदामा टुँगो लगाउन वाँकि छयसको अभावमा संविधान लेख्छु भन्नु सपनाको खेती गर्नु मात्र हुनेछ । अझ महिनौं देखि एउटा प्रधानमन्त्री सम्म चयन गर्न नसक्ने तिनै संकीर्ण स्वभावका सांसदले अग्रगामी संविधान वनाउँछन भनेर पत्याउनु पो कसरी । @ Hamrokura


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...