छमछमी बनिन झापाकी अनुजा


नेपाल टेलिभिजनको २५ औं वार्षिकउत्सबको अवसरमा १ वर्ष अगाडी सुरु गरिएको नेपालकै सवैभन्दा ठूलो र्यालिटि सो छमछमिको उपाधी झापा विर्तामोडकी अनुजा अग्रवालले जितेकी छन् । 
चितवनकी पूर्णिमा श्रेष्ठलाई उछिन्दै उनले छमछमिको उपाधी चुम्न सफल भएकी हुन् । तेस्रो स्थान पनि झापाले नै ओगटेको छ । झापा बुधबारेकी मञ्जु मगर तेस्रो स्थान हाँसिल गर्न सफल बनिन् । 
देशभित्रको छ हजार भन्दा बढी प्रतियोगीलाई उछिन्दै झापाकी अनुजा अग्रवाल ले उपाधी चुमेपछि विर्तामोडवार्षिहरु उत्साहि भएका छन् । यो अनुजाको मात्र जित नभई सम्पूर्ण झापालीको जीत हो । विजेता अग्रवालले ट्रफिलिएपछि बताईन् । उनले सहयोग गर्ने मेची देखि महाकालीसम्मका सम्पूर्ण नेपालीलाई धन्यवाद दिईन । 
मारवाढी समुदायमा छोरीलाई घरबाट बाहिर निस्कन नदिने परम्परालाई तोड्दै उनी फाईनलको उपाधी चुम्न सफल भएपछि यो समुदायमा खुशियाली त छाउने नै भयो अब त्यो परम्परा पनि विस्तारै तोडिने कुरामा कसैको दुईमत छैन । 
अनलाईन हेर्दै गर्नुहोला । विस्तृत जानकारी केही समयपछि 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...