नाटकीय अपहरणको खुलासा

झापा अनारमनीका एक युवकले आफु अपहरणमा परेको भन्दै आफ्नो परिवारसंग १५ लाख रुपैया माग गरेको खुलासा भएको छ । अनारमनी २ का २४ वर्षिय भोला तिम्सिनाले गत पुस २८ गते एकाएक आफु अपहरणमा परेको र आफ्नो जिवन वचाउनका लागि १५ लाख रुपैया ठिक पार्नु भन्दै आफ्ना मामा देवराज गौतमलाई पटक–पटक फोन गर्न लगाएको थिए ।उनले आफ्ना सहपाठी दमक वाह्रघरेका २५ बर्षिय दीपक सार्कीलाई परिवारवाट रकम लिएर आउन अह्राएका थिए । 

प्रहरीले मंलवार साझ सार्किलाई झिलझिले क्षेत्रवाट फिरौटी रकम लिन वोलाई पक्राउ गरेपछि नाटकीय अपहरणको खुलासा भएको हो ।झापाको विर्तामोडमा प्रहरीले वुधवार पत्रकार सम्मेलन गरी घटनाको सार्वजनिक गरेको हो । पक्राउ परेका सार्किले पत्रकार सम्मेलनमा भोलाले आफुलाई केही रकमको आस्वासन दिदै फिरौती रकम नदिए भान्जालाई मारिदेने भन्न लगाएको र आफुले विभिन्न ठाउमा फोन गरीदिएको वताए ।
उनले मामा वाट फिरौती रकम ल्याउन लगाएको समेत स्वीकार गरेका छन ।मामा देवराज र उनीहरु विच ५ लाख रुपैया दिने सहमती भएपछि झिलझिले वोलाई प्रहरीको सहयोगमा सार्किलाई पक्राउ गरीएपनि अपहरणको नाटक गर्ने भोला भने सोहि स्थानवाट फरार भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरिक्षक रविन्द्र शर्माले सञ्चारकर्मिहरुलाई जानकारी गराउनुभयो । पैसा वुझाउन भोलाका स्वयं वावु गएको र वावुलाई देखिपछि उनि फरार भएको प्रहरीले जनाएको छ ।
अपहरणको नाटक गर्ने तिम्सिनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । यस अघि समेत प्रहरीले झापाको दमकवाट आफै अपहरणमा परेको अभिनय गर्ने एक महिलालाई पक्राउ गरेको थियो ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...