नेकपा एमाले अध्यक्ष खनाललाई कार्यकर्ताको झाप्पड


नेताहरुले देश बर्बाद पारे, मर्नु भन्दा बहुलाउनु निको ठानेर अध्यक्ष खनाललाई झाप्पड हाने:रेग्मी


एक बैचारिक तथा संगठनात्मक कार्यक्रममा सहभागि हुन इटहरी पुगेका नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललाई सुनसरीको इटहरीमा आफ्नै कार्यकर्ताले एक झाप्पड हानेका छन् । पार्टी कार्यक्रममा भाग लिन गएका अध्यक्ष खनाललाई कार्यकर्ता देबीप्रसाद रेग्मीले बिहीबार झाप्पड हानेका हुन् । उनले देशलाइ बर्बातीतिर धकेलेको र जस्तो पायो त्यसैलाई पार्टीमा प्रबेश गराएको भन्दै रेग्मीले अध्यक्ष खनाललाई झाप्पड हानेका हुन् । रेग्मीले झापड हान्दा खनालको चस्मा झरेको थियो । कार्यक्रममा अन्य दलका झण्डै १ हजार कार्यकर्ता एमाले प्रवेश गरेका थिए । प्रहरी नियन्त्रणमा रहेका रेग्मीले सञ्चारकर्मीसित नेताहरुले देश बर्बाद पारे, मर्नुभन्दा बहुलाउनु निको ठानेर झापड हानेको बताए । खनाललाई झाप्पड हानेलगत्तै एमाले कार्यकर्ताले रेग्मीमाथि आक्रमण गरेका थिए । रेग्मीलाई अहिले इटहरी प्रहरी कार्यालयमा राखिएको छ । एमाले कार्यकर्ताले रेग्मीलाई कारवाहीको माग गर्दे प्रहरी चौकी घेराउ गरिरहेका छन् ।

1 comment:

  1. good job man .... keep it up ,,,,, next time prachanda bhate lai hai ta ..........................

    ReplyDelete

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...