काठमाडौ, माघ ६ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले उपाध्यक्ष बाबुराम भट्टर्राईबाट नीतिगत र पद्धतिगत कमजोरी भएको जनाउ“दै उक्त विषयलाई केन्द्रीय समिति बैठकले टुंग्याउनुपर्ने बताएका छन् । उपाध्यक्ष भट्टर्राईले भने पछिल्लो केन्द्रीय समिति निर्ण्रय विधानअनुसार फरक मत लिन नपाएकाले प्रशिक्षण बहिष्कार गरेको उल्लेख गरेका छन् ।
भृकुटीमण्डपमा सोमबार भएको प्रशिक्षणमा फरक मत राख्न नपाएपछि भट्टर्राईले कार्यक्रम बहिष्कार गरेकोबारे उत्पन्न विवाद समाधान गर्न बुधबार बसेको पोलिटब्युरो बैठकमा दुवै पक्षले आ-आफ्नो दाबी प्रस्तुत गरेका थिए । अध्यक्ष दाहालले भट्टर्राईले प्रशिक्षण बहिष्कार गर्नु पद्धतिगतमात्र नभई नीतिगत प्रश्न भएको उल्लेख गर्दै पार्टी आधिकारिक नीति उल्लंघन भएको संकेत गरे ।
'यो पार्टीद्धतिस“ग मात्र होइन, नीतिगत प्रश्नसँग पनि जोडिएको छ,' पोलिटब्युरो बैठकमा दाहालको भनाइ उद्धृत गर्दै एक सदस्यले भने, 'यो सामान्य विषय होइन, त्यसकारण यो केन्द्रीय समिति बैठकले टुंगो लगाउनुपर्छ ।'
बैठकमा भट्टर्राईले आफूले पार्टी निर्णय विधानअनुसार प्रशिक्षणमा मत राख्न खोज्दा रोक लगाइएकाले बहिष्कार गरेको बताएका थिए । 'विधान र पार्टीनर्ण्रयनुसार फरक मत तलसम्मै लिन पाउनुपर्छ,' भट्टर्राईको भनाइ उद्धृत गर्दै अर्का पोलिटब्युरो सदस्यले भने, 'फरक मत राख्न नपाउने भएपछि मैले प्रशिक्षण बहिष्कार गरेको हु“ ।' उनले पार्टी आधिकारिक कार्यदिशा कार्यान्वयन गर्न विमति नभएको बैठकमा उल्लेख गरे ।
दाहालले केन्द्रीय समितिले तय गरेको अन्तरसंर्घष्ासम्बन्धी विधिबारे आफ्नो र भट्टर्राईको बुझाइमा अन्तर भएकाले विवाद आएको बताए । 'मेरो र बाबुरामजीको अन्तरसंर्घष् सम्बन्धी विधि बुझाइमा अन्तर परेकाले विवाद भएको हो,' दाहालको भनाइ थियो, 'अब यसलाई केन्द्रीय समिति बैठकमा छलफलबाटै समाधान गर्नुपर्छ ।'
अर्का उपाध्यक्ष मोहन वैद्यले पार्टीकताबद्ध बनाउनुको विकल्प नभएको उल्लेख गर्दै दुवै पक्षले सोच्नुपर्ने बताए । 'पार्टीकताबद्ध भएर जानुको विकल्प छैन,' उनको भनाइ थियो, 'सबैले कामकारबाहीमा एकरूपता बनाएर जानुपर्छ ।' प्रवक्ता दीनानाथ शर्माले पार्टीत्र देखिएका समस्या, सरकार निर्माणलगायत विषयमा पोलिटब्युरोले कार्यसूची तय गरेको जनाए ।
भट्टर्राईले प्रशिक्षण बहिष्कार गरेपछि दुवै पक्षले फरक मत पार्टी तल्लो समितिसम्म लान तय गरिएको विधिबारे आ-आफ्नै ढंगले व्याख्या गरेका छन् ।
दाहाल पक्षले फरक मत तल्लो तहसम्म 'सामान्य जानकारी गराउने' निर्यणभएको बताएको छ भने भट्टर्राई पक्षले त्यसलाई जस्ताको त्यस्तै लैजान पाउनुपर्ने निर्यणकेन्द्रीय समितिबाट भएको दाबी गरेको छ ।
दाहाल पक्षले केन्द्रीय समितिको बहुमतले पारित गरेको 'शान्ति र संविधान निष्कर्षा नपुगे जनव्रि्रोहमा जाने' कार्यदिशा भट्टर्राई पक्षले कार्यान्वयन गर्न नचाहेकाले समस्या भएको बताएको छ । 'मूल कार्यदिशा कार्यान्वयन गर्न नचाहेकाले समस्या उत्पन्न भएको हो,' दाहालपक्षीय एक पोलिटब्युरो सदस्यले भने, 'विधिको विवाद देखावटीमात्र हो ।'
भट्टर्राई पक्षले उपाध्यक्ष वैद्यको बलमा आफूलाई विधि तोडेर पेल्न खोजिएको आरोप लगाएको छ । 'फरक मत तलसम्म हुबहु पुगे आफू कमजोर भइन्छ भन्ने त्रास छ,' भट्टर्राईनिकट पोलिटब्युरो सदस्यले भने, 'वैद्यको आडमा पेल्न खोजिएको छ, हामी पनि तयारीसाथ प्रतिवाद गर्दै छौं ।' बिहीबारको केन्द्रीय समिति बैठकले फरक मत पार्टी तल्लो तहसम्म कसरी लैजाने भन्नेबारे पहिल्यै तय भएको विधिको थप व्याख्या गर्ने भएको छ । केन्द्रीय समितिको पछिल्लो निर्यणा 'केन्द्रीयस्तरका प्रशिक्षणमा मतभेदको स्थिति स्पष्ट पार्ने (तर फोरमको रूपमा होइन) पार्टी निर्णय अनुसार कामकारबाहीमा एकरूप भएर जानेबारे प्रतिबद्धता जाहेर गर्ने' उल्लेख छ ।
SOurce:- Ekantipur


Baburam bhattarai is great
ReplyDelete